Khabarpato logo

         

शिक्षा

सरकारी नीतिकै कारण भानु संस्कृत विद्यापीठ बन्द

खबरदाता

खबरदाता

सरकारी नीतिकै कारण भानु संस्कृत विद्यापीठ बन्द

संस्कृतलाई अन्य भाषाको पनि मातृभाषा मानिन्छ । पूर्वीय दर्शनमा पनि संस्कृतको ठूलो महत्त्व छ । तर, नेपालमा पनि संस्कृत अध्यापन गराउने विद्यालय भने विद्यार्थीको सङ्ख्या घट्दै जाँदा बन्द चिन्ता पनि थपिएको छ । 

लामो समयदेखि संस्कृत अध्यापन हुँदै आएको राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका- ४ चुँदीरम्घाबेँसीको भानु संस्कृत विद्यापीठ पनि पछिल्लो समय बन्द अवस्थामा छ । पठनपाठन बन्द भएपछि विद्यापीठको भवन यतिबेला जीर्ण बन्दै गएको छ । भवन वरपर घाँस पलाएको छ । 

विद्यापीठका तत्कालीन प्राचार्य पूर्णचन्द्र वाग्ले शिक्षा ऐनका कारण विद्यापीठ बन्द भएको तर्क गर्छन् । 'विद्यार्थी नभएर मात्र विद्यापीठ बन्द भएको होइन, विद्यार्थी अत्यधिक त थिएनन् तर कारण भने शिक्षा ऐन नै हो ।'

सरकारबाट विद्यापीठमा मध्यमासम्मको कक्षा सञ्चालनका लागि मात्र स्वीकृति हुँदा यस्तो अवस्थामा पुगेको वाग्ले बताउँछन् । 'सरकारले शिक्षा ऐन परिमार्जन गरी कक्षा १२ सम्मलाई विद्यालय तहमा ल्यायो, यसका लागि शास्त्री र आचार्य सञ्चालन गर्ने अनुमति चाहिन्छ तर अनुमति नहुँदा विद्यापीठ बन्द भएको हो', वाग्लेले भने । 

भानुभक्त आचार्यको पहिचानकै रूपमा रहेको यो विद्यापीठ बन्द हुनु भानुवासीका लागि दुःखद् भएको उनको भनाइ छ । 'हरेक क्षेत्रको विकासमा राजनीतिक दलको पनि भूमिका रहन्छ तर राजनीतिक दलले यसमा ध्यान नदिँदा शास्त्रीको कक्षा सञ्चालन हुन नसक्दा विद्यापीठ बन्द हुन पुगेको हो', उनले भने । विद्यापीठ बन्द भएपछि प्राचार्य वाग्लेको कास्कीको पोखरास्थित बिन्दवासिनी संस्कृत विद्यापीठमा सरुवा भइसकेको छ । हाल यो विद्यापीठ सङ्घीय सरकार मातहत छ ।

नेपाल संस्कृत विश्वविद्यालयका रजिस्ट्रार माधव अधिकारीले विश्वविद्यालयको आआफ्नो नीतिअनुसार चल्ने क्रममा भानु संस्कृत विद्यापीठ उत्तरमध्यमा तहसम्म पठनपाठन गराइएको बताए । 'उत्तर मध्यमा तहको पठनपाठन हुँदा ६ महिनाको भाषा प्रशिक्षण दिएर संस्कृत अध्ययनका लागि विद्यार्थी भर्ना गरिने गरिएको थियो, सो समयमा विद्यालयमा ११/१२ कक्षा सञ्चालन भएको थिएन', उनले भने । 

तत्कालीन समयमा विद्यार्थी अध्ययनका लागि आउने क्रम राम्रो थियो तर शिक्षा ऐनमा विद्यालय तह कक्षा १२ सम्म भएको तर सोअनुसार उत्तरमध्यमा तहको पढाइ शास्त्री तहमा परिणत गर्न नसक्दा बन्द हुन पुगेको उनको भनाइ छ । 

'वेदव्यास संस्कृत माध्यमिक विद्यालयसँग समन्वय गरी अगाडि बढाउने प्रयाससमेत गरेको थियो, सरकारबाट निर्णय हुन सकेन र पूर्ण रूपमा बन्द भएको हो', उनले भने ।  

प्राचीन वाङ्मयमा निहीत परम्परागत धर्म, नैतिक मूल्य, मान्यता, सदाचार र सच्चरित्रको परिपालना गर्दै संस्कार, सभ्यता जस्ता विशिष्टताको खोजी गरी तिनको संरक्षण र संवर्द्धन गर्न संस्कृत भाषा अध्ययन हुने विद्यापीठ पुनः सञ्चालन गर्न आवश्यक भएको सरोकारवालाको भनाइ छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

School closed in Kagbeni after disaster triggers damages to property

School closed in Kagbeni after disaster triggers damages to property

Classes at Janashakti Secondary School at Kagbeni in Baragunj Muktichhetra Rura…

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि…