Khabarpato logo

         

शिक्षा

सरकारले फिर्ता लियो डिप्लोमा, एड्भान्स डिप्लोमालाई एनओसी नदिने निर्णय

खबरदाता

खबरदाता

सरकारले फिर्ता लियो डिप्लोमा, एड्भान्स डिप्लोमालाई एनओसी नदिने निर्णय

सरकारले कक्षा- १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिज कोर्ष) गर्न जानेलाई एनओसी नदिने निर्णय फिर्ता लिएको छ ।

वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ सार्वजनिक गर्दै कक्षा- १२ पछिका डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जाने विद्यार्थीलाई एनओसी नदिने फिर्ता लिएको हो ।

गत १९ चैतदेखि नेपालको संविधान र शिक्षा ऐनको संशोधनले विद्यालय शिक्षा भनेर कक्षा- १२ सम्मलाई परिभाषित गरेको र त्यही आधारमा निर्देशिका तयार गरेको भन्दै स्नातकअघिको कुनै पनि कार्यक्रमका लागि एनओसी दिन रोकेको थियो । उक्त निर्णयको चौतर्फी विरोध तथा दबाब भएपछि सरकारले निर्देशिका संशोधन गरी कक्षा- १२ पछि र स्नातकअघिका शैक्षिक कार्यक्रमका लागि पनि एनओसी दिने निर्णय गरेको छ ।

विदेशी विश्वविद्यालयका कपितय प्राविधिक नियमहरूका कारण संशोधन गर्नुपर्ने भएकाले संविधान र शिक्षा ऐनको संशोधनअनुसार निर्देशिका बनाइएको तर कतिपय विश्वविद्यालयले सोझै स्नातक भर्ना नदिने भएपछि निर्देशिका पनि संशोधन गर्नुपर्ने अवस्था आएको स्रोत बताउँछ ।

वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ को दफा २८ मा ‘कक्षा- १२ वा सो सरह उत्तीर्ण गरी विदेशी शिक्षण संस्थामा उच्चशिक्षा अध्ययनको लागि जान चाहने विद्यार्थीलाई यस निर्देशिकाको व्यवस्था र प्रक्रिया पूरा गरी निर्देशिका जारी हुनुअघि स्वीकृति प्रदान गरिएका कार्यक्रमको लागि स्वीकृति प्रदान गर्न बाधा पर्नेछैन’ उल्लेख छ ।

निर्देशिका संशोधनसँगै विद्यार्थीहरूले डिप्लोमा तह वा सो सरहको अध्ययन तथा भाषा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिन पाउने भएका छन् ।

ताजा

सबै

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । कीर्तिपु…

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेयस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा प…

नेपाल र कुवेतबीचको खेलमा ओभर घटाइयो

वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४५ ओ…

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलर…

लोकप्रिय

सबै

यो पनि

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेयस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा प…

सरकारले फिर्ता लियो डिप्लोमा, एड्भान्स डिप्लोमालाई एनओसी नदिने निर्णय

सरकारले फिर्ता लियो डिप्लोमा, एड्भान्स डिप्लोमालाई एनओसी नदिने निर्णय

सरकारले कक्षा- १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिज कोर्ष) …

एसईई : असार तेस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने तयारी

एसईई : असार तेस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा- १०)ले माध्यमिक शिक्षा परीक्षा (…

त्रिविले सार्‍यो १० वैशाखका परीक्षा

त्रिविले सार्‍यो १० वैशाखका परीक्षा

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही १० वैशाखमा हुने परीक्षा सारेको …