Khabarpato logo

समाचार

विद्यालयमा पुस्तकालय स्थापना

खबरदाता

खबरदाता

विद्यालयमा पुस्तकालय स्थापना

स्थानीय युनाइटेड क्लबले पोखरा महानगरपालिका– ३३ स्थित तल्लो पुँडिटारको भुलभुला आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । क्लबको १३औंँ वार्षिकोत्सवको अवसरमा उक्त विद्यालयको एउटा कोठामा पुस्तकालयका लागि आवश्यक पुस्तक र फर्निचर उपलब्ध गराएर विद्यालयलाई हस्तान्तरण गरेको हो ।

उक्त वडाका वडाध्यक्ष रामचन्द्र अधिकारीले पुस्तकालय उद्घाटन गर्दै यसको संरक्षण र थप व्यवस्थापनका लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले वडामा भौतिक तथा मानव विकासको आवश्यता रहेको र सोहीअनुरूप काम गर्न आफू प्रतिबद्ध रहेको बताए ।युनाइटेड क्लबका सल्लाहकार तीर्थ श्रेष्ठले आफूहरूले स्थापनाकालदेखि समाजमा उल्लेखनीय काम गर्दै आइरहेको उल्लेख गर्दै पुस्तकालय स्थापना गर्नु पनि सामाजिक क्षेत्रमा उदाहरणीय कार्य भएको धारणा राखे । 

विद्यालयका प्रध्यानाध्यापक छविलाल पौडेलले महानगरपालिकाभित्र रहेर पनि यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पुस्तकालयको अभाव खड्किरहेको अवस्थामा  पुस्तकालय स्थापना गरिएकामा आभार व्यक्त गरे । 

क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले स्थापनाकालदेखि नै यस संस्थाले पोखरा महोत्सव आयोजना गरी सामाजिक, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा काम गर्दै आइरहेको बताए । उनले युवा जोश र उत्साहका साथ क्लबले विभिन्न क्षेत्रको समस्या पहिचान गरी सहयोग पनि गर्दै आएको जानकारी दिए ।  

क्लबका अध्यक्ष राजु श्रेष्ठले सामाजिक क्षेत्रमा क्रियाशील क्लबले १ दर्जनभन्दा बढी सामुदायिक विद्यालयमा अक्षयकोष, छात्रवृत्ति कोष, पुस्तकालय स्थापना, शैक्षिक सामग्री वितरण जस्ता कार्यक्रम गर्दै आइरहेको जानाकारी बताए । उनले  यस विद्यालयको पुस्तकालयका लागि आवश्यक फर्निचर र विभिन्न उपयोगी पुस्तक गरेर करिब १ लाख रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरिएको जानकारी गराए ।  

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि