Khabarpato logo

         

राजनीति

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन शीर्ष दलका नेताहरू सहमत

खबरदाता

खबरदाता

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन शीर्ष दलका नेताहरू सहमत

फाइल फोटो

प्रमुख ३ राजनीतिक दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवं एमाले अध्यक्ष ओलीबीचको बैठकले यस्तो निर्णय गरेको हो । 

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ३ दलको बैठकले चाँडै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको बताए । 

उनले लामो समयदेखि सर्वोच्च अदालतको कार्यभार नै कार्यवाहकबाट संचालन भइरहेको भन्दै प्रधानमन्त्रीले चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर स्थायी नियुक्तिको प्रक्रिया अघि बढाउने कुरामा सहमति जुटेको बताए । 

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गर्ने कुरामा सहमति जनाएको बताए ।

आजको बैठकमा संसदीय  समिति संचालन र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउने कुरामा पनि छलफल भएको थियो ।

ताजा

सबै

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । कीर्तिपु…

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेयस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा प…

नेपाल र कुवेतबीचको खेलमा ओभर घटाइयो

वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४५ ओ…

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलर…

लोकप्रिय

सबै

यो पनि

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेयस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा प…

निर्वाचन आयोगले भन्यो : आचारसंहिता नमान्नेलाई कब्जामा लिनू (५ बूँदे निर्देशनसहित)

निर्वाचन आयोगले भन्यो : आचारसंहिता नमान्नेलाई कब्जामा लिनू (५ बूँदे निर्देशनसहित)

निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिताविपरीतका गतिविधि कडाइका साथ अन…

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन शीर्ष दलका नेताहरू सहमत

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन शीर्ष दलका नेताहरू सहमत

प्रमुख ३ राजनीतिक दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय ग…

सत्तापक्ष छलफलबाट भागेको एमालेको आरोप

सत्तापक्ष छलफलबाट भागेको एमालेको आरोप

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आह्वान गरेको शीर्ष ३ दलको बैठकमा आफैँ …