Khabarpato logo

         

राजनीति

माओवादीमा पुरानै कार्यविभाजन

खबरदाता

खबरदाता

माओवादीमा पुरानै कार्यविभाजन

स्थायी समिति बैठकबाट पार्टी पदाधिकारीदेखि वैकल्पिक केन्द्रीय सदस्यसम्म पूर्णता दिएको नेकपा (माओवादी केन्द्र)ले कार्यविभाजन भने पुरानै कायम राखेको छ ।

आठौँ महाधिवेशनपछि पदाधिकारी चयनबाहेक नेताको कार्यविभाजन गर्न नसकेको माओवादीले महाधिवेशनअघिकै कार्यविभाजनलाई कायम गर्ने निर्णय गरेको हो ।

महाधिवेशनअघि माओवादीको स्कुल विभागमा प्रचण्ड तथा प्रमुखमा गिरिराजमणि पोखरेल थिए भने नारायणकाजी श्रेष्ठ प्रवास समिति इन्चार्ज थिए । संगठन विभागमा जनार्दन शर्मा, अर्थ विभागको प्रमुखमा वर्षमान पुन थिए ।

यस्तै, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उपभोक्ता हित तथा आपूर्ति विभागमा मात्रिका यादव, उद्योग तथा वाणिज्य विभागमा वामदेव क्षेत्री, कृषि तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, प्रवक्तामा कृष्णबहादुर महरा, प्रमुख थिए ।

तर, सहइन्चार्जको व्यवस्था भने अहिलेका लागि नराख्ने निर्णय स्थायी समितिले गरेको छ । प्रदेश समन्वय समितिको बैठक राखेर सबै केन्द्रीय सदस्य र प्रदेश सदस्यसहित सबै नेताको जिम्मेवारी तोक्दा एक पद, एक कार्यकारी जिम्मेवारीमा जोड दिने निर्णय गरेको छ ।

पार्टीका केन्द्रीय सदस्यलाई संघको निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, महानगरपालिका र उपमहानगरपालिकामा कार्यरत रहनेगरी जिम्मेवारी तोक्ने पनि तय भएको छ । यसबाहेक प्रदेश समन्वय समितिको निर्णय केन्द्रीय समितिकै अंग हुनेगरी पार्टीले व्यवस्था गरेको छ ।

ताजा

सबै

माओवादीमा पुरानै कार्यविभाजन

स्थायी समिति बैठकबाट पार्टी पदाधिकारीदेखि वैकल्पिक केन्द्रीय सदस्यसम्म पूर्णता दिएको ने…

विमानस्थल सुधारमा मन्त्री किरातीको चासो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल…

सुदूरपश्चिम सरकार संकटमा, नाउपा पछि हट्दै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्…

शताब्दी पुरुषको `माया रानीलाई´ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । वावाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शब्दमा रहेको `माया रानीलाई बोलको …

लोकप्रिय

सबै

यो पनि

माओवादीमा पुरानै कार्यविभाजन

माओवादीमा पुरानै कार्यविभाजन

स्थायी समिति बैठकबाट पार्टी पदाधिकारीदेखि वैकल्पिक केन्द्रीय सदस्यसम्म पूर्णता दिएको ने…

सुदूरपश्चिम सरकार संकटमा, नाउपा पछि हट्दै

सुदूरपश्चिम सरकार संकटमा, नाउपा पछि हट्दै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्…

टिकट नपाएकालाई चुनावी कमान्डर (सूचीसहित)

टिकट नपाएकालाई चुनावी कमान्डर (सूचीसहित)

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिचालनका लागि केन्द्रबाट ११० सस्य…

'समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक'

'समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक'

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशलाई समाजवादतिर…