Khabarpato logo

         

अर्थ/वाणिज्य

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही

खबरदाता

खबरदाता

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही

सहकारीको तथ्यांक राख्न बनाइएको सहकारी तथा गरिबी निवारण सूचना प्रणालीमार्फत विवरण नबुझाउने सहकारीलाई सरकारले कारबाही गर्ने भएको छ । 

हालसम्म अनलाइन प्रणालीमा आबद्धता र विवरण बुझाउनुपर्ने व्यवस्थालाई ऐच्छिक बनाएको सहकारी विभागले यसलाई अनिवार्य गरेको हो । विभागले आगामी आर्थिक वर्षदेखि कर चुक्ताको प्रमाणपत्र लिनसमेत कोपोमिसमा विवरण राखेको हुनुपर्ने व्यवस्था गरेको हो । यसका लागि आन्तरिक राजस्व विभागमार्फत राजस्व कार्यालयहरूलाई सर्कुलर भइसकेको छ । 

भूमिसुधार तथा गरिबी निवारण मन्त्रालयले २०७३ चैतदेखि कोपोमिस संचालनमा ल्याएको थियो । सफ्टवेयरमा देखिएका प्राविधिक समस्या र प्रयोगकर्ताको उदासीनताका कारण प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

विभागले हाल प्राविधिक समस्या हल गर्नुका साथै यसमा पठाउनुपर्ने विवरणसमेत परिवर्तन गरेको छ । विगतमा सदस्यको नागरिकता नम्बरसमेत पठाउनुपर्ने व्यवस्था रहेकामा हाल सहकारी संस्थाले समष्टिगत रूपमा संस्थाको विवरण मात्र पठाउनुपर्ने व्यवस्था गरेको छ । 

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीको तथ्यांक अनुमानको भरमा भन्नुपर्ने अवस्था विद्यमान रहनु लाजमर्दो विषय भएको बताए ।

संघीय विभागका अनुसार देशभर २९ हजार सहकारी संस्था दर्ता रहेकामा १५ हजार ३४० संस्थाले कोपोमिस संचालनका लागि युजर नेम र पासवर्ड लिएका छन् । त्यसमध्ये ९ हजारले मात्र प्रणालीमा लगइन गरेका छन् । तर, नियमित तथ्यांक बुझाउने सहकारी भने अत्यन्त न्यून छन् । ३ हजार सहकारीले मात्र विभागको निर्देशनअनुसार समष्टिगत विवरण बुझाएका छन् ।

ताजा

सबै

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । कीर्तिपु…

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेयस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा प…

नेपाल र कुवेतबीचको खेलमा ओभर घटाइयो

वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४५ ओ…

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलर…

लोकप्रिय

सबै

यो पनि

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ …

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही

सहकारीको तथ्यांक राख्न बनाइएको सहकारी तथा गरिबी निवारण सूचना प्रणालीमार्फत विवरण नब…

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलब ०२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०२८ दशम…

डिप्रोक्स लघुवित्तको संस्थापक शेयर लिलामीमा

डिप्रोक्स लघुवित्तको संस्थापक शेयर लिलामीमा

डिप्रोक्स लघुवित्तले १६ असारदेखि१लाख २८ हजार ८१२ कित्ता संस्थापक शेयर लिलामी बिक्री ख…