Khabarpato logo

         

राजनीति

'माओवादी केन्द्रले मन्त्री फेर्दैन'

खबरदाता

खबरदाता

'माओवादी केन्द्रले मन्त्री फेर्दैन'

नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषयमा अहिलेसम्म छलफल नै नगरेको बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा शर्माले मन्त्री फेर्ने विषयमा अहिलेसम्म छलफलको एजेण्डा नै नबनेको बताए ।

६/६ महिनामा मन्त्री फेर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने भन्दै उनले निर्धारित कार्यकालभर मन्त्रीलाई काम गर्न दिनुपर्ने बताए । '२ महिना मन्त्रालयका बारेमा बुझ्न नै समय लाग्छ, अर्काे २ महिना एजेण्डा बनाउन नै समय लाग्छ', उनले भने, '६/६ महिनामा मन्त्री फेर्दा काम गर्न पाउँदैनन् । यसर्थ निर्धारित कार्यकालभर मन्त्रीलाई काम गर्न दिनुपर्छ ।’

मन्त्री फेर्ने विषयमा हालसम्म आफ्नो पार्टीभित्र छलफल नै नभएको जानकारी दिएका उनले भने, ‘१९ असारमा बस्ने केन्द्रीय समिति बैठकमा कसैले कुरा उठाए भने बेग्लै कुरा हो । नत्र अहिलेसम्म मन्त्री फिर्ता बोलाउने विषयमा कुरा भएकै छैन ।’

मन्त्री फेर्ने परिपाटीले जनतामा राम्रो सन्देश नजाने र जनताको काम पनि नहुने उनको भनाइ छ । आगामी निर्वाचनसम्म ५ दलीय गठबन्धन कायम रहने बताउँदै उनले आपसी असमझदारी र कमी कमजोरी सच्याउँँदै उम्मेदवारको टुंगो लगाउने जानकारी दिए ।

ताजा

सबै

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही

सहकारीको तथ्यांक राख्न बनाइएको सहकारी तथा गरिबी निवारण सूचना प्रणालीमार्फत विवरण नब…

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलब ०२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०२८ दशम…

डिप्रोक्स लघुवित्तको संस्थापक शेयर लिलामीमा

डिप्रोक्स लघुवित्तले १६ असारदेखि१लाख २८ हजार ८१२ कित्ता संस्थापक शेयर लिलामी बिक्री ख…

महिला साफ आयोजना गर्न नेपालले प्रस्ताव गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले दक्षिण एसियाली फुटबल महासंघ (सा…

लोकप्रिय

सबै

यो पनि

'समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक'

'समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक'

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशलाई समाजवादतिर…

'माओवादी केन्द्रले मन्त्री फेर्दैन'

'माओवादी केन्द्रले मन्त्री फेर्दैन'

नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषय…

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू

नेपाल कम्युनिस्टपार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मंगलबार नयाँ पार्…

आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्न्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्र…