Khabarpato logo

         

राजनीति

'मेरालागि अध्यक्ष मरेतुल्य': रामकुमारी झाँक्री

खबरदाता

खबरदाता

'मेरालागि अध्यक्ष मरेतुल्य': रामकुमारी झाँक्री

मन्त्रिपरिषद् हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनप्रति २ जना मन्त्रीले असहमति जनाएका  छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् हेरफेर गर्न दबाब दिएर शुक्रबार साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरूलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम आले र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असहमति प्रकट गरेका हुन् । 

कोटेश्वरस्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिइसकेको छ, तपाईंहरूले सहयोग गर्नुहोस्’ भन्ने प्रस्ताव गरेलगत्तै शहरी विकासमन्त्री झाँक्रीले आपत्ति जनाएकी थिइन् । 

‘हामीलाई किन हटाउनुपर्‍यो, हामीले राम्रै काम गरिरहेका छौँ, फोहोर व्यवस्थापनको कार्य मेरै पहलमा सम्पन्न भइरहेको छ, अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा छ । अन्य काम पनि भइरहेका छन्', नेपाल समक्ष मन्त्री झाँक्रीले आक्रोशित हुँदै भनिन्, ‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनुहुन्छ भने मेरालागि अध्यक्ष मरेतुल्य हुनुभयो ।’ 

झाँक्रीले कोटेश्वरस्थित निवासमा बाहिर नै सुनिने गरी अध्यक्ष नेपालको प्रस्तावलाई अस्वीकार गर्दै चर्को स्वरमा बोल्न थालेपछि स्थिति असामान्य बनेको थियो । 
कोटेश्वरस्थित निवासमा अध्यक्ष नेपाल र मन्त्री झाँक्रीले चर्को स्वरमा असहमति प्रकट गरेपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले ढोका नै लगाएर आवाज बाहिर आउन नदिएका एक प्रत्यक्षदर्शीले बताए । 

उता, २ जना सांसदसहित गएका पर्यटनमन्त्री आले स्थायी कमिटीको निर्णय सच्याएर धनबहादुर बुढालाई मन्त्री बनाउनुपर्ने शर्त राखेका थिए । ‘एक जना महिला पनि सिफारिस भएका छैनन्, भूगोलअनुसार मन्त्रीमण्डलमा समावेश गर्नुपर्ने त्यो पनि भएको छैन, यस्तो तरिकाले मन्त्रीमण्डल कसरी हेरफेर गर्नुहुन्छ ?’, उनले भने । आफूहरूलाई हटाउने भए एक जना महिला समावेश गरेर धनबहादुरलाई मन्त्री बनाउन उनले प्रस्ताव गरेका थिए ।

स्थायी कमिटी बैठकले गरेको निर्णय कच्चा भएको र निर्वाचनसम्म बहालवाला मन्त्रीहरूलाई नै निरन्तरता दिनुपर्ने माग राखेपछि अध्यक्ष नेपालले ‘पार्टीले निर्णय गरिसकेको’ भन्दै मन्त्रीहरूको प्रस्ताव अस्वीकार गरेका थिए । 

स्वास्थ्यमन्त्री खतिवडा र श्रममन्त्री कृष्णकुमार श्रेष्ठ भने बैठकमा नरम भएर प्रस्तुत भएका थिए । ‘मन्त्रीमण्डल हेरफेर गर्ने निष्कर्षमा पुग्नु नै भएको हो भने २ वटा विषय लागू गरिदिनुहोस्- पहिलो, राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नको जबाफ दिने समयसम्म  कुर्नुहोस्, दोस्रो, स्थायी कमिटी बैठकको निर्णय सच्याएर मन्त्रीमण्डलमा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुहोस्', मन्त्रीद्वयले प्रस्ताव गरेका थिए । 

कोटेश्वरमा उपस्थित मन्त्रीहरूले मुख्यतः २ वटा शर्त राखेपछि अध्यक्ष नेपालले सो विषयमा बैठकमा छलफल गर्ने जनाएका छन् । ‘तपाईंहरूको प्रस्तावका बारेमा म पार्टीमा छलफल गराउँछु, के निष्कर्ष आउँछ, त्यहीअनुसार जाऊँला । तर, तपाईंहरू सहज तरिकाले ढोका खोलिदिनुहोस्’, बैठकमा अध्यक्ष नेपालले भनेका थिए । 

बैठकमा सहभागी एक मन्त्रीका अनुसार २ वटा शर्तमा अध्यक्ष नेपालले पुनर्विचार गर्ने जनाएपछि बिहीबार साँझ कोटेश्वरको माहोल नरम हुन पुगेको थियो ।

ताजा

सबै

माओवादीमा पुरानै कार्यविभाजन

स्थायी समिति बैठकबाट पार्टी पदाधिकारीदेखि वैकल्पिक केन्द्रीय सदस्यसम्म पूर्णता दिएको ने…

विमानस्थल सुधारमा मन्त्री किरातीको चासो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल…

सुदूरपश्चिम सरकार संकटमा, नाउपा पछि हट्दै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्…

शताब्दी पुरुषको `माया रानीलाई´ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । वावाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शब्दमा रहेको `माया रानीलाई बोलको …

लोकप्रिय

सबै

यो पनि

माओवादीमा पुरानै कार्यविभाजन

माओवादीमा पुरानै कार्यविभाजन

स्थायी समिति बैठकबाट पार्टी पदाधिकारीदेखि वैकल्पिक केन्द्रीय सदस्यसम्म पूर्णता दिएको ने…

सुदूरपश्चिम सरकार संकटमा, नाउपा पछि हट्दै

सुदूरपश्चिम सरकार संकटमा, नाउपा पछि हट्दै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्…

टिकट नपाएकालाई चुनावी कमान्डर (सूचीसहित)

टिकट नपाएकालाई चुनावी कमान्डर (सूचीसहित)

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिचालनका लागि केन्द्रबाट ११० सस्य…

'समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक'

'समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक'

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशलाई समाजवादतिर…