Khabarpato logo

         

अर्थ/वाणिज्य

१५ असारदेखि हिमालयन हाइड्रोपावरको आईपीओ खुल्ने

खबरदाता

खबरदाता

१५ असारदेखि हिमालयन हाइड्रोपावरको आईपीओ खुल्ने

हिमालयन हाइड्रोपावरले यही १५ असारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । 

उक्त कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्कासन गर्नेछ । यसमध्ये ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरूले र बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा १९ असारसम्म आवेदन दिन सकिने र सो अवधिमा सबै शेयर बिक्री नभएमा २९ असारसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

लगानीकर्ताले सी-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् । यो आईपीओमा ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आईपीओलाई ‘इक्राएनपी इस्युअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

ताजा

सबै

'माओवादी केन्द्रले मन्त्री फेर्दैन'

नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषय…

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू

नेपाल कम्युनिस्टपार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मंगलबार नयाँ पार्…

आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्न्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्र…

जी–७ समूहको युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता

जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका ७ वटा धनी राष्ट्रका नेताहरूले युक्रेनल…

लोकप्रिय

सबै

सानिमा बैंकको ऋणपत्रका लागि आजदेखि आवेदन दिन सकिने

सानिमा बैंक लिमिटेडले शुक्रबारदेखि ऋणपत्र बिक्री खुलाएको छ । बैंकलेप्रतिकित्ता १हजार…

पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर हटाउन कांग्रेस नेता कोइरालाको सुझाव

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थकाकर हटाउन…

एकीकृत समाजवादीमा मन्त्री हेरफेर निर्णय पेचिलो बन्दै, १० सांसदले बुझाए ८ बुँदे पत्र

नेकपा (एकीकृत समाजवादी)मा मन्त्री हेरफेरको निर्णय पेचिलो बन्दै गएको छ । स्तथानीय हको…

महिला टी- २०: नेपाल एसिया कपमा छनोट हुन असफल

वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्दहुँदा नेपाल महिला टी- २० च्याम्पियनसिपबाट बाहि…

यो पनि

रसुवागढी हाइड्रोको ६८ करोडको आईपीओ खुल्यो

रसुवागढी हाइड्रोको ६८ करोडको आईपीओ खुल्यो

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले सोमबारदेखि ६८ करोडभन्दा बढी मूल्यको आईपीओ बिक्…

माफिया पोस्ने अर्थमन्त्री, हेरौँ बजेटमा हर्कत

माफिया पोस्ने अर्थमन्त्री, हेरौँ बजेटमा हर्कत

केदार सुवेदी देशमा लामो समयदेखि चल्दै आएको माफियाराजको अन्त्य गर्ने मानिएको नेकपाको…

प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढ्यो

प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढ्यो

साताको दोस्रो कारोबारको दिन सोमबारको प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढेको छ । सा…

पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर हटाउन कांग्रेस नेता कोइरालाको सुझाव

पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर हटाउन कांग्रेस नेता कोइरालाको सुझाव

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थकाकर हटाउन…