Khabarpato logo

         

राजनीति

'कांग्रेस र माओवादी केन्द्र मिलेर अघि बढेपछि गठबन्धनमा समस्या देखियो'

खबरदाता

खबरदाता

'कांग्रेस र माओवादी केन्द्र मिलेर अघि बढेपछि गठबन्धनमा समस्या देखियो'

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गत निर्वाचनमा गठबन्धनको मर्मविपरीत नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) मिलेर अघि बढेका जनाएका छन् ।

मंगलबार काठमाडौंमा जारी स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेता नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको निर्णयअनुसार सिट बाँडफाँट गर्नसमेत तयार नभएको बताए । 

६ वटा महानगरपालिका र ११ वटा उपमहानगरलिका प्रमुख तथा उपप्रमुखको सिट बाँडफाँट गरिएको बाहेक आमरूपमा गठबन्धनमा सामेल सबै दलबीच चुनावी तालमेल हुन नसकेको निष्कर्ष निकाल्दै अध्यक्ष नेपालले भनेका छन्, ‘अघिल्लो स्थानीय तहमा पहिलो, दोस्रो र तेस्रो भएका पार्टीहरूमध्ये दोस्रो र तेस्रो पार्टी मिलेर गए पहिलो पार्टीलाई हराउन सक्छन् भन्ने र अघिल्लो निर्वाचनमा एमालेले प्राप्त गरेको मत १ देखी २० प्रतिशत कटौती भए उसले सिट गुमाउनेछ भन्ने तथ्यांकसहित प्रस्तुत भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्र आफूहरू मात्र मिलेर अघि जाने गरी बढे, उनीहरू स्थानीय तह निर्वाचनमा ५ दलीय गठबन्धनकाबीच सिट बाँडफाँट गर्न तयार भएनन्, त्यसैले आमरूपमा ५ दलीय गठबन्धन हुन सकेन ।’ 

सोही कारण कांग्रेस र माओवादी केन्द्रले गठबन्धनमा आवद्ध दलहरूलाई पन्छाएर आफूहरूबीचमा मात्र सिट बाँडफाँट गरेकामा नेपालको प्रतिवेदनमा गुनासो प्रकट भएका छन् । ‘धेरै पालिकामा कांग्रेस र माओवादी केन्द्रबीचमा मात्र सिट बाँडफाँट गरियो, त्यो पनि पालिका, उपप्रमुख र वा अध्यक्ष र उपाध्यक्ष पदको मात्र । वडाको बाँडफाँट त उक्त २ पार्टीका बीचमा पनि भएन ।’ उनका अनुसार तल्लो तहसम्म गठबन्धन हुनुपर्नेमा कांग्रेस र माओवादीका कारण हुन सकेको थिएन । 

गठबन्धतभित्र ७ समस्या
नेपालले गठबन्धनभित्र पनि उपगठबन्धन गर्ने कुरालाई पुनः दोहोर्‍याउँदै स्थानीय तह निर्वाचनमा सही रूपमा तालमेल हुन नसकेको विषयलाई ७ बुँदामा उल्लेख गरेका छन् ।

उनका अनुसार गठबन्धनभित्र ७ प्रकारका समस्या रहे, पहिलो- गठबन्धन गर्न नै नचाहने, दोस्रो- गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने, तेस्रो- गठबन्धनभित्र उपगठबन्धन गर्ने, चौथौ- गठबन्धन भएका स्थानमा इमान्दारीपूर्वक भोट नहाल्ने गठबन्धनबाहिरका दलहरूसँग चुनावी तालमेल गर्ने, छैटौँ- गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर हुनु, सातौँ- गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहने । ‘यो प्रवृत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रामा देखियो', मंगलबार जारी बैठकमा नेपालले पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…