Khabarpato logo

         

राजनीति

'बाम गठबन्धन छाडौँ, लोकतान्त्रिक गठबन्धन बनाऔँ'

खबरदाता

खबरदाता

'बाम गठबन्धन छाडौँ, लोकतान्त्रिक गठबन्धन बनाऔँ'

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले लोकतान्त्रिक गठबन्धन निर्माण गरेर संघीय संसदीय निर्वाचनमा जानुपर्ने एजेन्डा अघि सारेको छ । 

नेपाली कांग्रेसले बामपन्थी शक्तिसँग निरन्तर गठबन्ध गरेर अघि बढ्दा लोकतान्त्रिक मूल्य, मान्यतामा कालान्तरमा ह्रास आउने र बामपन्थी शक्ति झन् बलियो बन्दै जाने तर्क गर्दै लोकतान्त्रिक गठबन्धन बनाउन जोड गरेको हो । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पटकपटक भेटेका अध्यक्ष ठाकुर स्वयंले सो विषय उठान गर्दै आएका छन् ।

‘तपाईंले अहिले गठबन्धन गरेका सबै दल बामपन्थी दल हुन्, निरन्तर सोही दलसँग गठबन्धन गरेर जानुभयो भने कालान्तरमा लोकतान्त्रिक शक्तिहरू क्रमशः कमजोर हुँदै जानेछन्, यसमा पुनर्विचार गर्नुपर्ने देखिन्छ', ठाकुरको प्रस्ताव छ, ‘स्थानीय तहको निर्वाचनमा हेर्दा कांग्रेसले जित हासिल गरेको भए पनि कुल परिणाममा हेर्दा बामपन्थी शक्तिहरूको मत बढाउने काम स्वयं कांग्रेसले गरेको छ, आफ्नै खुट्टामा बञ्चरो नहान्नुहोस् ।’ 
संख्यात्मक हिसाबले नेकपा एमाले दोस्रो भए पनि जनमतका हिसाबले नेकपा एमाले पहिलो दल रहेको उल्लेख गर्दै कांग्रेसले गठबन्धन गरेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल बामपन्थी शक्ति रहेका तर्क गर्दै ठाकुरले कांग्रेसले बामपन्थी शक्तिहरूलाई मत माग्दै हिँड्न नहुने तर्क गरेका छन् ।

मुलुकभर बामपन्थी शक्तिहरूको बढी मत कायमै रहेको बखतमा कांग्रेसले गठबन्धनको नाममा झन् मत बढाउने काम गर्दा लोकतान्त्रिक शक्तिहरूमा दिन प्रतिदिन क्षयीकरण हुँदै गएको ठाकुरको तर्क छ । 

गत साता सम्पन्न लोकपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकमा पनि ठाकुर, शरदसिंह भण्डारीलगायतले लोकतान्त्रिक गठबन्धनको एजेन्डालाई बहसको विषय बनाउनुपर्ने विषयमा छलफल चलाएका थिए ।

‘मुलुकमा यसै पनि बामपन्थी शक्तिहरूको मत बढी छ, यसमा कांग्रेसले थप सहयोग गरिरहेको छ, यो चिन्ताको विषय हो, त्यसैले पार्टीले लोकतान्त्रिक गठबन्धनको एजेन्डालाई स्थापित गर्नेतर्फ लाग्नुपर्छ । यसमा कांग्रेससँग कुन मोडेलमा सहकार्य हुने हो ? त्यसबारेमा पार्टीले धारणा बनाउनुपर्छ', उनको प्रस्तावलाई पार्टीमा बहुमत सदस्यले समर्थन गरेको बताउँदै एक केन्द्रीय कार्यकारिणी समिति सदस्यले भने ।

सोमबार बिहान ११ बुँदे ज्ञापनपत्रका विषयलाई लिएर प्रधानमन्त्री देउवालाई भेटेका ठाकुर र भण्डारीलगायतका नेताले सोही विषय उठान नगरेपछि यसअघि नै सो विषय प्रस्तावित भइसकेको छ । ‘आजचाहिँ ११ बुँदे ज्ञापनपत्रका विषयमा मात्र छलफल भयो । लोकतान्त्रिक गठबन्धनको विषयमा छलफल हुन पाएन', भण्डारीले भने, ‘हाम्रो जोड लोकतान्त्रिक गठबन्धन बनाउनुपर्छ भन्नेमा हो, यसमा सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्छ, यसको नेतृत्व कांग्रेसले गर्नुपर्छ भन्ने नै हो ।’ 

बलियो लोकतन्त्रका लागि लोकतान्त्रिक शक्तिहरू एकजुट नभएमा मुलुकका क्रमशः अप्ठ्यारो स्थितिमा पर्दै जाने लोसपा नेता भण्डारीको भनाइ छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…