Khabarpato logo

         

राजनीति

कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते ?

खबरदाता

खबरदाता

कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते ?

हालसम्म मत गणना सम्पन्न भएका पालिकाहरूमा १४ हजार ४०७ जना महिला उम्मेदवार विजयी भएका छन् । 

आयोगका अनुसार कुल विजयी उम्मेदवारमध्ये महिलाको संख्या ४१ दशमलब २१ प्रतिशत छ । हालसम्म देशभर पालिकाको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा ३४ हजार ९५३ जना उम्मेदवार विजयी बनिसकेका छन् । अब २६८ जना जनप्रतिनिधि निर्वाचित हुन बाँकी छ । 

आयोगले गत ३० वैशाखमा देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन गरेको थियो । निर्वाचन ३५ हजार २२१ जनप्रतिनिधिका लागि भएको थियो । निर्वाचनमा देशभर १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । 

आयोगका अनुसार नेपाली कांग्रेसबाट ५ हजार ५४८, नेकपा एमालेबाट ५ हजार २६, नेकपा (माओवादी केन्द्र)बाट २ हजार ७९, जनता समाजवादी पार्टी (जसपा), नेपालबाट ६४३, नेकपा (एकीकृत समाजवादी)बाट ४०६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट २५०, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ११६ र राष्ट्रिय जनमोर्चाबाट ६४ जना महिला उम्मेदवार विजयी बनेका छन् । 

बाँकी विजयी हुने महिलाहरू अन्य दल र स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरू छन् । 

प्रदेश १ बाट २ हजार ४५५, मधेस प्रदेशबाट २ हजार ७७०, बाग्मती प्रदेशबाट २ हजार ३४७, गण्डकी प्रदेशबाट १ हजार ६२२, लुम्बिनी प्रदेशबाट २ हजार १२४, कर्णाली प्रदेशबाट १ हजार ५२४ र सुदूरपश्चिम प्रदेशबाट १ हजार ५६० जना महिला उम्मेदवार विजयी बनेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…