Khabarpato logo

राजनीति

सांसद पद थमौतीको माग गर्दै माधव नेपालले दायर गरेको रिटको सुनुवाइ हुँदै

खबरदाता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सांसद पद थमौती गर्न माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । 

सुनुवाइका लागि रिटको पेसी न्यायाधीशहरू अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको छ । 

एमालेका वरिष्ठ नेताको हैसियतबाट ९ वैशाख २०७७ मा उनले सांसद पद थमौतीको माग गर्दै रिट दायर गरेका हुन् । रिट निवेदकहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि हुन् । हाल नेपालबाहेक सबै एमालेमै छन् । 

रिटमा नेपालसहितका ४ जना नेताले सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी चलाएर राजनीतिक जीवन नै समाप्त गर्ने दुराशयपूर्ण मनोभावना राखी सांसद पदबाट हटाउन खोजेको रिटमा उल्लेख गरेका छन् । 

रिटमा उनीहरूले २८ फागुन २०७७ तथा ७ चैत २०७७ सँगै ६ वैशाख २०७८ मा एमालेले गरेको निर्णय र सोही निर्णयलाई आधार मानेर ओलीले कारबाही गर्न लागेको पनि उल्लेख छ । 

नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई कामकाज गर्न दिन रिटमार्फत उनीहरूले परमादेश पनि माग गरेका थिए । 

१३ वैशाख २०७८ मा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।  त्यसपछि रिटको पेसी १० चैत २०७८ मा तोकिएको थियो । तर, ‘हेर्न नभ्याइने’ भनियो ।

ताजा

सबै

भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर लुम्बिनीका अधिकांश पसल व्यवसाय बन्द ग…

म्याग्दे अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी

तनहुँ म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । …

देउवा र मोदीले गरे ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’को शिलान्यास

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लुम्बिनीमा इण्डिय…

टस जितेर युगान्डाविरुद्ध बलिङ गर्दै नेपाल

युगान्डाविरुद्धको पहिलो टी- २० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको …

लोकप्रिय

यो पनि

मतदान गर्न जाँदा मोबाइल र क्यामेरा लैजान नपाइने

शुक्रबारहुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने मतदाताले मोबाइल तथा क्यामेरा लै…

माधव नेपालकाे मुद्दा फेरि 'हेर्न नभ्याइने' सूचीमा

सांसद पद थमौती गर्न माग गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले द…