Khabarpato logo

अर्थ/वाणिज्य

रिभर फल्स पावरको आईपीओ बिक्री खुला

खबरदाता

खबरदाता

रिभर फल्स पावरको आईपीओ बिक्री खुला

रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो ।

सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीका अनुसार कुल २७ लाख ३० हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

निष्कासित शेयरमा लगानिकर्ताले आजदेखि छिटोमा आगामी ४ जेठसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । यो समयमा मागबमोजिम आवेदन नआए आगामी ११ जेठसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको सार्वनजिक सूचनामा उल्लेख छ ।

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित पिलुवा खोलाको पानी प्रयोग गरेर १० दशमलव ३० मेगावाट क्षमताको पिलुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित प्रतिमेगावाट लागत १८ करोड ६ लाख १५ हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ । कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले केयर एनपी बीबी माइनस इस्युअर’ रेटिङ दिएको छ ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र सङ्खुवासभा जिल्लाका बासिन्दाका लागि साधारण शेयरको निष्कासन र बाँडफाँटसमेत गरिसकेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

ताजा

सबै

भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर लुम्बिनीका अधिकांश पसल व्यवसाय बन्द ग…

म्याग्दे अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी

तनहुँ म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । …

देउवा र मोदीले गरे ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’को शिलान्यास

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लुम्बिनीमा इण्डिय…

टस जितेर युगान्डाविरुद्ध बलिङ गर्दै नेपाल

युगान्डाविरुद्धको पहिलो टी- २० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको …

लोकप्रिय

यो पनि

रिभर फल्स पावरको आईपीओ बिक्री खुला

रिभर फल्स पावरको आईपीओ बिक्री खुला

रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला ग…

नियम निलम्बन गरी पूर्वबजेट छलफल

नियम निलम्बन गरी पूर्वबजेट छलफल

सरकारले नियम निलम्बन गरी संसद्मा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने तयारी ग…

९ महिनामा विनियोजित बजेटको आधा रकम पनि खर्च भएन

९ महिनामा विनियोजित बजेटको आधा रकम पनि खर्च भएन

चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ९महिनामा सरकारले ७ खर्ब ९४ अर्ब २५ करोड ६० लाख र…

सुनको मूल्य ९७ हजार २००

सुनको मूल्य ९७ हजार २००

सुनको भाउ मंगलबार प्रतितोलामा१ हजार रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी …