Khabarpato logo

         

राजनीति

जनकपुरधाममा रोचक भिडन्त

खबरदाता

खबरदाता

जनकपुरधाममा रोचक भिडन्त

मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाको चुनाव पेचिलाे बन्दै गएको छ । प्रदेशको राजधानी भएकाले पनि राष्ट्रिय राजनीतिक पार्टीदेखि मधेसकेन्द्रित दलहरूको नजर जनकपुरधाममा छ । 

जनकपुरधाम उपमहानगरपालिकाका १२७ पदका लागि १ हजार ९७ जनाले उम्मेदवारी दिएका थिए । प्रमुखमा उम्मेदवारी दिएकामध्ये २, उपप्रमुखका ३३ मध्ये १, वडाध्यक्षमा ३३४ मा ११ र खुला सदस्य ३३६ मा १ गरी १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । अब जनकपुरधाममा १ हजार ८२ जना उम्मेदवार अझै चुनावी मैदानमा छन् । अर्थात् प्रमुखमा ३९, उपप्रमुखका ३२, वडाध्यक्षमा ३२३, महिला सदस्यमा १७४, दलित महिला सदस्यमा १८० र खुला सदस्यमा ३३५ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

जनकपुरधाममा आफ्ना उम्मेदवारको भोट माग्न प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एमालेका सचिव रघुवीर महासेठलगायतका चुनावी जनकपुरधाम चुनावी सभा र र्‍यालीमा सहभागी हुने गरेका छन् । 

यस्तो छ दलहरूबीच चुनावी प्रतिस्पर्धा 

जनकपुरधाम उपमहनगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्रसहित ३९ जना उम्मेदवार चुनावी मैदानमा रहे पनि मुख्यतः सत्तारूढ गठबन्धन दल जसपा, एमाले र लोसपाका उम्मेदवार चर्चामा छन् । जनकपुरधाममा कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीलगायतका सत्तारूढ गठबन्धनका तर्फबाट जसपाका लालकिशोर साह, एमालेका शिवकंर साह हिरा र लोसपाका जनकपुरधाम नगर सभापति मनोज चौधरी उम्मेदवार छन् । यी तीनै जना उम्मेदवारमध्ये गठबन्धनको हिसाबले लालकिशोरको पल्ला भारी देखिएको छ । त्यसपछि चौधरी र हिराको अवस्था राम्रो देखिएको छ ।

लालकिशोर साह एक पटक उपप्रमुखमा र एक पटक प्रमुखमा गरी जनकपुरधाममा २ पटक निर्वाचित व्यक्ति हुन् । चौधरी जनकपुर बस व्यवसायी संघमा ३ पटक र हिरा जनकपुर उद्योग वाणिज्य संघमा १ पटक नेतृत्व गरेका व्यक्ति हुन् । 

जसपा उम्मेदवार साह पछिल्लो साढे ४ वर्षमा उपमहानगरपालिकालाई धार्मिक पर्यटकीय शहर, सडक फराकिलो, नाला व्यवस्थापनदेखि सरसफाइलगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गर्दै विगतका वर्षमा गर्न नसक्ने काम पूरा गर्न नगरवासीले एक मौका पुनः दिने दाबी गर्छन् ।

लामो समयदेखि अलपत्र रहेको एकीकृत शहरी विकास परियोजना सफल रूपमा कार्यान्वयन गराएको, २२ वटा विद्यालयको २ कोठे भवन निर्माण, विद्यालयहरूमा ल्याब कक्ष, शौचालय निर्माणलगायतका कार्य गरेको साहको दाबी छ । तर, विपक्षी दलहरू एमाले र लोसपाका उम्मेदवारले भने निवर्तमान प्रमुख साह विकासभन्दा भ्रष्टाचारमा रमाएकाे र जनताको गुनासो नसुनेको आरोप लगाउने गरेका छन् ।

‘यहाँका जनताले साहलाई मधेस आन्दोलन, शहीदहरूको सपना साकार गर्न ५ वर्षको समय दिएका थिए’, चौधरीले भने, ‘तर, उहाँले यस अवधिमा विकास निर्माण त दूरको कुरा हो, जनकपुरधामको फोहोर व्यवस्थापन, लामखुट्टे आतंकलाई पनि न्यूनीकरण गर्न सक्नुभएन । जनकपुरधाम मधेस आन्दोलनको केन्द्रविन्दु हो । यहाँका जनताले मधेस आन्दोलनमा ठूलै योगदान गरेका छन् । त्यस कारण यहाँका जनताले मधेसी जनताको हकअधिकारका लागि लड्ने तथा जनकपुरधामको विकास गर्ने व्यक्तिलाई यस पटक मौका अवश्य दिन्छन् ।’

यसअघि यहाँका जनताले तत्कालीन राजपालाई जिताएका थिए । यसपालि पनि लोसपालाई नै मतदान गर्ने चौधरीको दाबी छ । यता, एमालेका उम्मेदवार हिराले जनकपुरधामका जनताले मधेसकेन्द्रित दलहरूलाई पटकपटक जनकपुरधाम बनाउने मौका दिए पनि नसकेको आरोप लगाए । अहिले जनकपुरधाममा मात्र होइन, देशभरिमा एमालेको लहर रहेको उनको भनाइ छ ।

‘जनकपुर उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा व्यापारीको मात्र नभई जनकपुरधामका हरेक समस्या समाधानका लागि मैले पहल गरेको छु, चाहे त्यो लोडसेडिङविरुद्धको आन्दोलन होस् वा जलेश्वर-जनकपुर सडक खण्डको विषय होस्’, हिरा भन्छन्, ‘मैले हरेक मोर्चामा अग्रस्थानमा रहेर जनकपुरवासीका लागि काम गरेको छु । त्यस कारण जनताले एमालेमाथि विश्वास बढेको छ ।’

स्वतन्त्र उम्मेदवारहरू पनि प्रतिस्पर्धामा 

जनकपुरधाम उपमहानगरपालिका करिब २ दर्जन व्यक्तिले प्रमुख पदमा उम्मेदवारी दिए पनि ३ जना स्वतन्त्र उम्मेदवार छन् । कांग्रेसको नगर सभापति पद त्यागेर बागी उम्मेदवारी दिएका मनोजकुमार साह, लोसपाले टिकट नदिएपछि टिकट प्रलोभनमा एमालेमा प्रवेश गरेका र एमालेबाट पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका जानकीराम साह र लामो समयदेखि निर्माण व्यवसायमा संलग्न रमण कन्स्ट्रक्सनका संचालक बलराम महतोले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

२०७४ सालको निर्वाचनमा निवर्तमान प्रमुख लालकिशोर साहसँग पराजित भएका मनोजकुमार साहले पार्टीले गठबन्धन गरेपछि त्यसको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । गठबन्धन कांग्रेसको पक्षमा नरहेको र कांग्रेसजनले आफूलाई नै मतदान गर्नेमा उनी विश्वस्त छन् ।

‘निर्वातमान प्रमुख साह भ्रष्टाचार र कमिसनमा लिप्त रहे । उनले जनतासँग गरेको बाचा एउटा पनि पूरा गर्न सकेनन्’, मोनजकुमार भन्छन्, ‘उनीसँग न भिजन थियो, न त काम गर्ने मनशाय नै, त्यस कारण जनताको सहानुभूति यसपालि मप्रति छ ।’ 

स्वतन्त्र उम्मेदवार जानकीराम साह जनकपुरधाम- ७ का निवर्तमान वडाध्यक्षसमेत हुन् । आफूले पछिल्लो साढे ४ वर्षमा गरेको कामलाई मूल्यांकन गरेर जनताले मत दिने उनी बताउँछन् । ‘वडाध्यक्ष भएर पनि मैले निर्वतमान प्रमुख साहको क्रियाकलापविरुद्ध निरन्तर संघर्ष गरेको छु', उनी अगाडि भन्छन्, ‘जनकपुरधामको विकासका लागि नियत र नीति स्पष्ट हुनुपर्छ, जुन वर्तमानमा अभाव देखिएको छ ।’ 

‘लालकिशोरजीले काम गरेनन्, यो सत्य हो तर प्रमुख प्रतिपक्षी दलको भूमिकामा मनोजजी कहिल्यै किन अगाडि आउनुभएन । किन ५ वर्ष मौन भएर बस्नुभयो ? लालकिशोर दोषी हो भने मनोज पनि त्यसको भागिदार हुनुहुन्छ’, उनी भन्छन्, ‘बलरामजी ठेकेदार हो । उहाँलाई ठेक्कापट्टा गर्न राम्रो ज्ञान छ । तर, उम्मेदवारी दिएर उहाँले लालसा मात्र पूरा गर्न खोजेको हो ।’ 

यता, बलराम महतोले भने आफूले जनकपुर बनाउन र जनताको सेवा गर्न उम्मेदवारी दिएको बताउँदै आएका छन् । ‘अन्य दलका उम्मेदवारविरुद्ध कम बोल्ने स्वतन्त्र उम्मेदवार महतोले भन्छन्, ‘नेताहरूले जनकपुरधामलाई बनाउन सकेनन् । जनताले जनकपुर बनाउन एक पटक मलाई मौका दिन्छन् ।’

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…