Khabarpato logo

समाचार

७ प्रतिशत काम बाँकी हुँदै चीनले हस्तान्तरण गर्‍यो विमानस्थल

खबरदाता

खबरदाता

७ प्रतिशत काम बाँकी हुँदै चीनले हस्तान्तरण गर्‍यो विमानस्थल

पोखरामा निर्माण भइरहेको विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । चिनियाँ विदेशमन्त्री याङ यीले परराष्ट्रमन्त्री नारायण खड्कालाई विमानस्थलका चाबी हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा यीले सुनको चाबी खड्कालाई दिए । नेपालको ३ दिने भ्रमणमा रहेका यीको उपस्थिति भएको अवसर पारेर निर्माण कम्पनीले विमानस्थल सरकारलाई सुम्पिएको हो ।

विमानस्थलको ७ प्रतिशत निर्माणको काम बाँकी छ । ‘मेजर काम पूरा भयो तर सबै काम सकिएको होइन’, आयोजना प्रमुख विनेश मुनकर्मीले भने, ‘सांकेतिक रूपमा चाबी हस्तान्तरण गरिएको हो । पूरै प्रोजेक्ट सकिएको होइन ।’ उनले चाबी हस्तान्तरणपछि पनि निरन्तर काम भइरहने बताए ।

खासगरी डेकोरेसन, फिनिसिङलगायतका काम बाँकी छ । प्रधानमन्त्री निवासमा चाबी हस्तान्तरणपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले पोखराबाट भने, ‘अब पोखरा र नेपालको विकासको ढोका खुल्यो । यो विमानस्थल बनेर मात्र हुँदैन, सकेजति प्रयोग गर्नुहोस् ।’ पर्यटन व्यवसायीहरूलाई लगानी बढाउन र तारे होटल थप्न उनको आग्रह छ ।

चिनियाँ निर्माण कम्पनी सीएएमसीईका अध्यक्ष ली आइसिनले यो एयरपोर्ट दक्षिण एसियाली मुलुककै लागि यातायातको हब बन्ने बताए । ‘विगत केही वर्षको मिहिनेतपछि पोखरेली जनताले दशकौंँदेखि प्रतीक्षा गरिरहेको एयरपोर्ट अन्ततः पूरा भएको छ र चाँडै संचालनमा ल्याइनेछ’, उनले भने, ‘विमानस्थल चलेपछि पर्यटन र आर्थिक विकासलाई टेवा पुग्नेछ ।’

२२ मे २०१४ मा सीएएमसीईले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग परियोजना निर्माण सम्झौतामा हस्ताक्षर गरेको थियो । २०१६ अप्रिलमा शिलान्यास भएको थियो । तर, लोन प्रक्रियाका कारण निर्माणको चरणमा जान एक वर्ष लाग्यो । सन् २०२० को कोभिड भाइरसका कारण निर्माणमा असर पुग्यो । ५ वर्षपछि निर्माण सकेर संचालनमा ल्याउन लागिएको छ ।

पोखरा विमानस्थलमा २ हजार ५०० मिटर लामो धावनमार्ग छ । विभिन्न १४ वटा भवन निर्माण भएका छन् । करिब २२ अर्ब रुपैयाँ लागतमा निर्माण हुन लागेको विमानस्थलको खर्च चीनकै एक्जिम बैंकले सहुलियतपूर्ण ऋण सहयोग गरेको हो । तर, ३ हजार मिटरको धावन मार्ग रहेको भैरहवा विमानस्थलको लागत ७ अर्ब मात्र लागेकोले पोखराको एयरपोर्ट महँगो भएकामा धेरैको चिन्ता र चासो देखिन्छ ।

आउँदो १० जुलाईमा विमानस्थलको सबै काम सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना छ । यसअघि गएको १० जुलाईमै हस्तान्तरण गर्ने तयारी गरिएकामा कोरोना संक्रमणका कारण एक वर्ष ढिलो भएको हो । विमानस्थलबाट आगामी वैशाखमा परीक्षण उडान गर्ने तयारी छ । तर, त्यसका लागि आवश्यक काम भने पूरा भएका छैनन् । निर्माण कम्पनीले चाबी हस्तान्तरण गरेपछि नेपाल सरकारले कम्पनीलाई कदरपत्र दिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि