Khabarpato logo

समाचार

सीमामा हुने अपराध नियन्त्रणका लागि नेपाल-भारतका सुरक्षा अधिकारीबीच छलफल

खबरदाता

खबरदाता

सीमामा हुने अपराध नियन्त्रणका लागि नेपाल-भारतका सुरक्षा अधिकारीबीच छलफल

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा अधिकारीबीच भारतको जोलजिबीमा छलफल भएको छ । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दार्चुला र भारतको पिथौरागढका सुरक्षा अधिकारीहरूबीच भारतको जोलजिबीमा बुधबार सीमा सुरक्षा बैठक बसेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

सीमा क्षेत्रमा हुने विभिन्न किसिमका अपराध, चेलिबेटी बेचबिखन, तस्करीलगायतका आपराधिक क्रियाकलापविरुद्ध दुवै देशका सुरक्षाकर्मीको सहयोग र सहकार्यका विषयमा बैठकमा छलफल गरिएको डीएसपी भट्टले बताए ।

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि नेपाल र भारतका सीमा सुरक्षा अधिकारीबीच बेलाबेला यस्ता किसिमका बैठक हुने गरेका छन् । यस वर्ष ७ पटक नेपाल-भारतका सीमा सुरक्षा अधिकारीबीच बैठक भएको उनले बताए । आवश्यकताका आधारमा एकदेखि डेढ महिनामा यस्ता किसिमका बैठक हुँदै आएकाा डीएसपी भट्टले जानकारी दिए ।यसअघि दार्चुला र भारतको पिथौरागढका प्रमुख जिल्ला अधिकारी स्तरमा भर्चुअल रूपमा बैठक भएको थियो । कोरोनाको दोस्रो लहरपछि सीमा सुरक्षा अधिकारीहरूको यो पहिलो बैठक हो ।
सीमा सुरक्षा अधिकारीहरूको बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी त्रिभुवन विष्ट, दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्ट, दत्तु बीओपी तथा प्रहरी चौकीका प्रमुख, लाली बीओपी तथा प्रहरी चौकीका प्रमुखलगायत सीमा क्षेत्रमा रहेका सुरक्षा निकायका प्रमुखहरूको सभागिता रहेको डीएसपी भट्टले बताए ।
भारतका तर्फबाट सीमा बैठकमा एसएसबी ५५ बी बाहिनी एचोलीका एसएसबी कमाण्डेन्ट अजय पाण्डे, धार्चुलाका एसएसबी प्रमुख, प्रहरी प्रमुखलगायत सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि