Khabarpato logo

         

कला/साहित्य

'घामभन्दा पहिले'की भवानी खतिवडा

मोहन चापागाईं

मोहन चापागाईं

'घामभन्दा पहिले'की भवानी खतिवडा

'घामभन्दा पहिले'की भवानी खतिवडा कविताको यात्राबाट मोडिएर नियात्राको बाटोमा आइपुगेकी छन् ।यिनको यो यात्रा प्रसन्नतापूर्ण, सशक्त र परिपक्वतातर्फ अगाडि बढ्दै छ ।

यस नियात्रा कृतिमा स्थानीयताको प्रबलता छ । परिवेश-परिवेशमा परिवर्तनको सुगन्ध देख्न चाहने यिनको लेखनी माझिँदो छ, वेगिँदो छ र पुर्वेली संस्कार बोकेर हानिँदो छ । यी सबैसँग घुलमिल हुँदै सबैलाई कृतज्ञताको चास्नी बाँडिरहन्छिन् भवानी । मानवीय संवेदनामा भिजेर सहयोगी हातहरू बढाइहाल्ने यिनको गुण अझ अनुकरणीय लाग्छ ।

कलाकार होइनन् भवानी तर यिनको कलमको करामत बेजोड छ, निजात्मकताको छुट्टै अनुभूति छ यिनको ।सप्तकोसी समान गतिशीलता छ यिनको ।

आमाकी भक्त यिनी आमाको पालना सम्झिन्छिन्, कामना गर्छिन् र कामको चटारोमै पनि चमत्कार खोज्छिन् । नामै भवानी, आध्यात्मिकताको अनुपम  सौगात छ यिनको । संवादात्मक प्रस्तुतिमा माटो, मन्दिर र ढुंगालाई पनि बोल्न लगाउँछिन्- कुनै पनि चिज, वस्तुहरू चुप रहँदैनन् यिनका लेखनीमा बरु बाचाल बन्छन् उनी जस्तै ।

निर्भयताको इन्द्रेणीसँगै घरि गाउँछिन्, घरि कम्मर भाँच्छिन् । घरि तारानाथसँग प्रेरणा-पुष्प माग्छिन्, घरि सत्यमोहनसँग शुभाशिष थाप्छिन् ।

भान्सा उही हो र पनि आहा ! आज खाना सधैँभन्दा २ गुणा मीठो । सायद नौलो ठाउँको नौलो भ्रमण, उत्सुकताको मरमसला मिसिएर मीठो मान्दै उमंग, उत्साहको उत्सव मनाउँछिन् । हिमालको हँसिलो मुहारमा लट्ठिने यी हिमाल-पुत्री हिमालको माया गर्नु भनेको स्वयंलाई माया गर्नु र हिमाललाई चिन्नु स्वपहिचान भन्दै हिमालको गौरव गाथा गर्छिन् ।

एउटी सहयात्रीका दुःखका सुस्केराहरूलाई सुम्सुम्याउँछिन्, उपचार गर्छिन्, उपकार गर्छिन् । ओहो ! यिनको दैवी गुण, दुष्टको दुनियाँमा दैवी दिल । धन्य भवानी ! धन्यवाद तिमीलाई । पाठो मरेबापतको हर्जाना कसको हातमा पर्‍यो ? ती बिल्लाधारीलाई र्‍याखर्‍याख्ती कहिले पार्छ्यौ ?

यो यात्राको भव्यतामा भद्रता छ, समझदारी छ । आत्मीयता र सभ्यता छ । यही हो- यात्राको अनुपम सौन्दर्य, शालीनता र शीतलता यही हो । यो धर्म र कर्म जारी रहोस् बालिके !

अहो ! यो कति मीठो दिव्य दर्शनको दर्शन गरायौ हँ ? आगो र पानीको अद्भूत खेल । न आगोलाई पानीको डर, न त पानीलाई आगोको डर । पानी न्यानो आगो तापेर बग्नु, पानीलाई आगोको रापले न्यानो मायाले छोप्नु, राप र तापमा पनि शीतलता, आगो र पानीको  पनि अमर प्रणय लीला ! हो, देवी ! म पूर्णतः सहमत छु- मानिसले आफ्नो धर्म, संस्कार र कर्तव्यलाई कदापि छाड्नुहुँदैन । आफ्नो कर्मयोगी स्वभावलाई स्वाहा गर्नुहुँदैन ।

हो, यी चेली होसियार र चंख छन् लेखनीमा । शुभकामना, शुभभावनाको कोसेली दिइरहन्छिन् लेकका कुनाकुनामा । बढिरहनेछन् पाइलाहरू, भाषिक मधुरता चुलिनेछ अझै । अग्रजका कदममा कदम मिलाउँदै मधुरस पिलाउन सिपालु यी भान्से कुनै दिन महारथी अवतारमा आउनेछन् ।

ह‍ो, यिनी फेरि अर्को घामभन्दा पहिल्यै आउनेछन् । साक्षात् भवानी मिर्मिरेसँगै फेरि जस्केलोमा आउनेछन्, साइतमै, साइटमै- मायालु कोसेली बोकेर आइपुग्नेछन् ।

किमाधिकम् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…