Khabarpato logo

कला/साहित्य

भवानीको 'घामभन्दा पहिले' बजारमा

खबरदाता

खबरदाता

भवानीको 'घामभन्दा पहिले' बजारमा

छन्दकवितामा भिन्न पहिचान बनाएकी भवानी खतिवडा नियात्राकृति ‘घामभन्दा पहिले’ लिएर आएकी छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कार्यक्रममा उनको उक्त कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा नियात्राकार डा. निर्मोही व्यासले छोटो समयको साधनाबाट नै यति गहकिलो नियात्रा जन्माउने भन्दै कृतिकार भवानी खतिवडालाई थप सफलताको शुभकामना दिए ।
निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष भोलानाथ पोखरेलले निजामती क्षेत्र र ट्रेड युनियन आन्दोलनकी अथक योद्धाको कलमबाट अत्यन्त कोमल, वैचारिक हिसाबले निखारिएको कृति जन्मिएकामा खुसी व्यक्त गरे ।
साहित्यकार, समालोचक महेश पौड्यालले भवानी खतिवडाका नियात्रामा प्रकृति, भूगोल, पर्यावरणीय चेतना, स्थानीयप्रतिको सम्मान, माटोको सुवास मग्मगाएको र कृतिकारको निर्भीक ऊर्जाशील व्यक्तित्व झल्किएको बताए ।
प्रा.डा. सावित्री मल्ल कक्षपतीले नियात्राकारमा यात्रामा भेटिएका स्थानीय पात्रहरूसित संवाद गरिहाल्ने, स्थानीय रीति, संस्कृति र जनश्रुति बटुलेर नियात्रामा सजाउने कला रहेको भन्दै प्रशंसा गरिन् ।
नियात्रा समाजका अध्यक्ष प्रतीक ढकालले भवानी खतिवडा यात्रासँग मन मिसाएर लेख्ने नियात्राकार भएको र उनका नियात्राले देशभक्ति र वीरताको गीत गाएको उल्लेख गरे ।
कार्यक्रममा नियात्रा समाज नेपालको तर्फबाट अध्यक्ष प्रतीक ढकाल र वरिष्ठ सदस्य इल्या भट्टराईले स्रष्टा भवानी खतिवडालाई समाजको आजीवन सदस्यताको प्रमाणपत्रसहित सम्मान गरेका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि