Khabarpato logo

         

राजनीति

देउवा नेतृत्वको सरकारमाथि केपी ओलीका यी १२ बुँदे आरोप (आरोपसहित)

खबरदाता

खबरदाता

देउवा नेतृत्वको सरकारमाथि केपी ओलीका यी १२ बुँदे आरोप (आरोपसहित)

फाइल फोटो

प्रमुख प्रतिपक्ष नेकपा एमालेले ५ दलीय गठबन्धनका नेतृत्व गरेका शेरबहादुर देउवा नेतृत्वको सरकारका कारण अर्थतन्त्रका सबै सूचकले गम्भीर अनिष्टको संकेत गरेको टिप्पणी गरेको छ ।

देउवा सरकारको ६ महिने कार्यकालमा विकासका गति ठप्पै भएको आरोप लगाउँदै प्रतिपक्ष दल एमालेले ५ दलीय गठबन्धन सरकारले मुलुकलाई आर्थिक संकटतर्फ धकेलेको आरोपसमेत लगाएको छ ।

देउवा सरकारको ६ महिने कार्यकालका बारेमा पहिलो पटक मूल्यांकन गर्दैै अध्यक्ष केपी शर्मा ओलीले आइतबार जारी गरेको १५ बुँदे वक्तव्यमा अर्थतन्त्रका सबै सूचकहरूले गम्भीर अनिष्टको संकेत गरिरहेका समेत टिप्पणी गरेका छन् ।

‘पूर्ववर्ती सरकारले ल्याएको लोकप्रिय बजेटलाई विस्थापन गरेर नयाँ बजेट ल्याएको यस सरकारको कार्यकालमा विकासको गति ठप्प जस्तै भएको छ, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्थाको विवरणले मुलुक आर्थिक संकटतिर उन्मुख भएको चिन्ताजनक तस्बीर प्रस्तुत गरेको छ’, ओलीद्वारा जारी वक्तव्यमा भनिएको छ ।

एमालेले देउवा सरकारमाथि लगाएका मुख्य आर्थिक आरोपहरू:

उपभोक्ता मुद्रास्फिति ६ वर्षयताकै उच्च बिन्दुमा

एमालेले उपभोक्ता मुद्रास्फिति ६ वर्षयताकै उच्च बिन्दु (७.११ प्रतिशत)मा पुगेको उल्लेख गर्दै गत वर्षको पहिलो ५ महिनामा यस्तो मुद्रास्फिति २.९३ प्रतिशत रहेको स्मरण गराउने कोसिस गरेको छ । 

प्रत्येक व्यक्तिको दैनिकी महँगो भएको उल्लेख गर्दै  घीउ, तेल, दाल तथा गेडागुडी तथा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको उल्लेख छ । भनिएको छ, ‘२ वर्षअघि यसै अवधिमा आलुदेखि गोलभेँडासम्म विभिन्न तरकारीको मूल्य १५ देखि ४० प्रतिशतसम्म घटेको थियो तर सरकारले लिएको गलत नीतिका कारण निर्माण सामग्रीको थोक मूल्य १९.३४ प्रतिशतले वृद्धि भएको छ ।’ एमालेका अनुसार सार्वजनिक पूर्वाधारको लागत बढिरहेको तथा निजी निर्माण कार्यमा समेत लगानी कम भएकाले समग्रमा रोजगारी सिर्जनामा प्रत्यक्ष असर परेको छ ।

व्यापार घाटा एक वर्षमा नै ४ गुणा बढी

एमालेले आफ्नो सरकारले १०.९ प्रतिशतमा कायम राखेको व्यापार घाटा देउवा सरकार आएपछि बढेको विवरण देखाएको छ । ‘यो सरकार गठन भएको पहिलो ५ महिनामै व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भएको (रुपैयाँमा ७ खर्ब ३५ अर्ब ४९ करोड) छ । स्मरणीय छ, गत वर्षको पहिलो ५ महिनामा यस्तो घाटा १०.९ प्रतिशतले घटेको थियो’, अध्यक्ष ओलीको दाबी छ ।

विदेशी मुद्राको संचिति एक दशककै न्यून

उच्च आयातका कारण विदेशी मुद्राको संचिति निरन्तर घट्दै गएको एमालेले खोट देखाएको छ । ‘२०७८ असार मसान्तमा करिब १.८ महिनाको वस्तु र सेवाको आयात धान्न पर्याप्त (१३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबरको) विदेशी विनिमय संचिति रहेको थियो’, ओलीले वक्तव्यमा भनेका छन, ‘वर्तमान सरकार गठन भएको पहिलो ५ महिनामा यो संचितिमा १३.२ प्रतिशतले कमी आएको छ । यो संचितिले ६.८ महिनाको वस्तु र सेवा आयात मात्र धान्न सक्छ ।’ एमालेका अनुसार विदेशी मुद्राको संचिति विगत एक दशककै अत्यन्त न्यून बिन्दुमा पुगेको हो ।

सुपारी, मरिच, केराउ र छोकडाको आयात शंकास्पद

विप्रेषण आप्रवाहमा गत वर्षको तुलनामा ६.८ प्रतिशतले कमी आएको एमालेको टिप्पणी रहेको छ । कोभिड- १९ को असरका बीचमा पनि गत वर्षको पहिलो ५ महिनामा विप्रेषण आप्रवाह ११ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै एमालेले विश्व अर्थ व्यस्थामा सुधार हुँदै गएको अवस्थामा नियमित रूपमा आप्रवाह हुने विप्रेषण आय घट्नुले अनधिकृत आर्थिक गतिविधि विस्तार र हुण्डीलगायतका कारोबार बढेको आशंका गरेको छ । ‘सुन तस्करीका घटनामा भएको वृद्धिले यस तथ्यलाई पुष्टि गर्दछ । यति नै बेला सुपारी, मरिच, केराउ, छोकडालगायत वस्तुहरूको आयातलाई शंकास्पद ढंगले वृद्धि गरिएको छ’, एमालेले वक्तव्यमार्फत भनेको छ ।

‘पोलिसी सेटिङ’मार्फत आर्थिक अपचलन

अर्थ मन्त्रालयले ‘पोलिसी सेटिङ’मार्फत आर्थिक अपचलन गर्दा मुलुकको अर्थव्यवस्थामा नकरात्मक असर परेको एमालेको आरोप छ । ‘राजस्वमा करोडौँको फरक पर्ने प्रतिस्थापन विधेयकमार्फत स्पन्ज आइरन र विलेट जस्ता वस्तुको भन्सार महसुल र अन्तः शुल्कमा गरिएको हेरफेर अस्वाभाविक छ’, एमालेको आरोप छ, ‘आर्थिक सुशासनको नेतृत्व गर्नुपर्ने अर्थ मन्त्रालय आफैँ यस प्रकारको ‘पोलिसी सेटिङ’मार्फत आर्थिक अपचलनमा संलग्न भएको आरोप लाग्नु अत्यन्त दुःखद् हो ।’

एमाले अध्यक्ष ओलीका अनुसार राष्ट्रिय सतर्कता केन्द्र, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग जस्ता नियामक निकायहरूलाई निहित स्वार्थ र राजनीतिक आस्थाका आधारमा परिचालन गरिएको छ ।

अर्थ व्यवस्था घाटामा, बैंकहरूमा तरलता अभाव

वर्तमान सरकार गठन भएको पहिलो ५ महिनामा चालू खाता घाटा गत वर्षको यही अवधि २३ अर्ब रुपैयाँको तुलनामा ३ खर्ब ६९ करोड रुपैयाँ पुगेको उल्लेख गर्दै एमालेले गत वर्षको पहिलो ५ महिनामा एक खर्ब ६ अर्ब ४८ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति वर्तमान सरकारको पहिलो ५ महिनाको कार्यकालमा एक खर्ब ९५ अर्ब एक करोड रुपैयाँले घाटामा गएको समेत आँकडा प्रस्तुत गरेको छ ।

बैंकहरूमा तरलताको अभावले व्यवसायको गतिशीलता र विस्तारमा गम्भीर नकारात्मक प्रभाव परेको एमालेको भनाइ छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसम्म नियुक्त हुन नसक्नु, औद्योगिक लगानी तथा प्रवर्द्धन बोर्डको बैठक लामो समयसम्म नबस्नु, उद्यमीहरूलाई प्रोत्साहन र संरक्षण गर्नुको साटो सरकार तर्साउने र बार्गेनिङ गर्ने काममा संलग्न हुनु आदिले निजी क्षेत्रमा निराशा फैलिएको एमालेले सार्वजनिक गरेको छ ।

मन्त्रालय बढाउँदा चालू खर्चमा ३८.१५ प्रतिशले खर्च वृद्धि

चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र प्रत्येक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने रट लगाएको वर्तमान सरकारले विगत ३ वर्षकै अत्यन्त न्यून अर्थात् १३.४४ प्रतिशत मात्र पुँजीगत खर्च गरेको एमालेको भनाइ छ ।

‘कोभिड- १९ का कारण कमजोर कार्य वातावरण भएको गत वर्ष १४.४ प्रतिशत पुँजीगत खर्चको तुलनामा समेत यो न्यून हो’, ओलीद्वारा जारी वक्तव्यमा अगाडि भनिएको छ, ‘गठबन्धन टिकाउन संघमा अनावश्यक संरचना निर्माण गर्नुका साथै प्रदेशमा मन्त्रालयको संख्या अन्धाधुन्ध बढाएका कारण चालू खर्च वृद्धि भई ३८.१५ प्रतिशत पुगेको छ ।’

विदेशी अनुदान ६ महिनामा शून्य

सरकारले विकास साझेदारको विश्वाससमेत गुमाउँदै गएको एमालेको थप आरोप छ । ‘आर्थिक वर्षको पहिलो ६ महिनासम्म विदेशी अनुदान शून्यप्रायः छ, विगतको सरकारको कार्यकालमा विश्व बैंक र एसियाली विकास बैंकबाट प्रतिवद्धता प्राप्त बजेटरी सहायताबापतको रकमसमेत प्राप्त हुन सकेको छैन’, एमालेले अगाडि भनेको छ, ‘विश्व बैंकबाट ‘फिनान्स फर ग्रोथ’, वित्तीय संघीयता सुदृढीकरण कार्यक्रम तथा ‘ग्रिन रेजिलेन्ट एन्ड इन्क्लुसिभ डेभलपमेन्ट’ शीर्षकमा प्राप्त हुने बजेटरी सहायता र एसियाली विकास बैंकबाट प्रतिबद्धता गरिएको ‘पोलिसी बेस्ड लेन्डिङ’अन्तर्गत प्राप्त हुनुपर्ने सहायतासमेत परिचालन हुन सकेको छैन ।’ 

पूर्ववर्ती सरकारको अन्तिम गृहकार्यबापत्को अन्तर्राष्ट्रिय मुद्रा कोषको ४०० मिलियन डलर सहायता स्वीकार गर्नेबाहेक ‘ह्युमन क्यापिटल डेभलपमेन्ट प्रोजेक्टस्’, समृद्धिका लागि वन तथा वन क्षेत्रमा आधारित पर्यटन कार्यक्रमका लागि प्रतिबद्धता भएका रकमसमेत प्राप्त गर्न सरकारले नसकेको एमालेको आरोप छ । साथै, ठूला पूर्वाधार परियोजना कार्यान्वयनका लागि प्रतिबद्धता गरिएका सहायता रकमसमेत देउवा सरकारले प्राप्त गर्न नसकेको एमालेको आरोप छ ।

स्थानीय तहका केन्द्र जोड्ने सडकको रकम काट्दा समस्या

आगामी ३ वर्षभित्र देशका सबै स्थानीय तहका केन्द्रलाई प्रदेशका राजधानीसँग कालोपत्रे सडकले जोड्ने प्रयोजनका लागि चालू आर्थिक वर्षमा नेपाल सरकारका तर्फबाट विनियोजित ८० करोड रुपैयाँलाई २९ करोड रुपैयाँमा झारिएको एमालेको आरोप छ । ‘उक्त परियोजनाका लागि विकास साझेदारले प्रतिबद्धता गरेको करिब ९६ अर्ब रुपैयाँ सहायता रकम प्राप्तिमा सरकार उदासीन देखिएको छ, सयौँ सडक आयोजनाहरू रद्द गरिएको छ’, एमालेले वक्तव्यमा भनिएको छ ।

विद्यालय भवन निमार्ण नगरी १० अर्ब रकमान्तर

भूकम्प प्रभावित २४ जिल्लाबाहेक देशका बाँकी सबै जिल्लाका सार्वजनिक विद्यालय भवन आगामी ३ वर्षभित्र पुनर्निर्माण गर्न विगतको सरकारले ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’तर्फ पूर्वाधार विकासमा विनियोजन गरेको १० अर्ब रुपैयाँ अन्यत्रै रकमान्तर गरिएको एमालेको आरोप छ ।

गौतमबुद्ध विमानस्थलको ठेक्का रद्द, विमानस्थल संचालन अन्योलमा

गौतम बुद्ध विमानस्थल, भैरहवाको दोस्रो टर्मिनल भवन निर्माणका लागि विगतको सरकारले एसियाली विकास बैंकको ७ अर्ब रुपैयाँ र नेपाल सरकारको ७ अर्ब गरी कुल १४ अर्ब रुपैयाँको निर्माण कार्यका लागि दिइएको सहमतिविपरीत ठेक्का आह्वान गर्न रोक्का राखिएको एमालेको आरोप छ । ‘विमानस्थल संचालनलाई प्रभावित पार्ने प्रयास गरिएको छ’, एमालेले भनेको छ ।

बाढी-पहिरोले प्रभावित पारेको हेड वर्क्सलगायत संरचना युद्धस्तरमा पुनर्निर्माण गरेर काठमाडौंवासीहरूको चिरप्रतीक्षित सपनाको रूपमा रहेको मेलम्ची परियोजनालाई संचालन गर्न सरकार पूरै उदासीन र अक्षम देखिएको पनि एमालेको आरोप छ ।

६ महिनामा ठूला परियोजना अघि बढेनन्

गत ६ महिनाको अवधिमा कुनै पनि ठूला विकास परियोजनाहरू अघि बढाउन देउवा सरकारले नसकेको आरोप एमालेको छ । ‘प्रधानमन्त्रीज्यूले शुक्रबारको सम्बोधनमा जबर्जस्ती विकासका आँकडा प्रस्तुत गर्न खोज्दासमेत पूर्ववर्ती सरकारका पालामा सुरु गरिएका केही परियोजनाबाहेक कुनै नयाँ तथ्यांकहरू प्रस्तुत गर्न सक्नुभएन, अर्थतन्त्रको चुनौतीपूर्ण यथार्थलाई प्रस्तुत गरेर समाधानको विकल्पमा बहस गर्नुको साटो उहाँ कृत्रिम आँकडाका भरमा ढाकछोप गर्न तल्लीन देखिनुभएको छ ।’

सारमा, दयनीय पुँजीगत खर्च, लगानीमा न्यूनता, बढ्दो बेरोजगारी र विकास खर्चमा कटौतीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नत गर्ने अभियानमा नकारात्मक प्रभाव पार्न थालेको एमालेको देउवा सरकारमाथि टिप्पणी छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…