Khabarpato logo

कला/साहित्य

सामाजिक सन्देश बोकेको ‘भत्‌भती पोल्छ’ सार्वजनिक

खबरदाता

खबरदाता

सामाजिक सन्देश बोकेको ‘भत्‌भती पोल्छ’ सार्वजनिक

सामाजिक सन्देश बोकेको समलिंगी प्रेम सम्बन्ध, विवाह अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको म्युजिक भिडियो ‘भत्‌भती पोल्छ’ सार्वजनिक भएको छ ।

यस गीतमा युवा पुस्ताकी चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । अमेरिकामा बस्दै आएका गीतकार नारायण रसाइलीको गीतमा शब्द छ ।  दीप घतानीले संगीतबद्ध गरेको गीतलाई सञ्जीव बराइलीले संगीत संयोजन गरेका हुन् ।

भिडियोमा पल शाह र प्रियाना आचार्यको जीवन्त अभिनय हेर्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । तारा लोहनी रसाइली निर्मात्री रहेको भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । भिडियो गीतकार रसाइलीको च्यानल ‘नारायण रसाइली अफिसिएल’मार्फत सार्वजनिक गरिएको हो ।

कलाकारले मनोरञ्जन दिने मात्र होइन, परेको बेला गीतका माध्यमबाट सामाजिक दायित्व पनि पूरा गरिरहेका हुन्छन् भन्ने सन्देशका साथ म्युजिक भिडियो प्रस्तुत गरिएको गीतकार रसाइलीले जानकारी दिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि