Khabarpato logo

         

राजनीति

राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न दलहरूको सुझाव

खबरदाता

खबरदाता

राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न दलहरूको सुझाव

निर्वाचन आयोगले राखेको सर्वदलीय बैठकमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न सुझाव दिइएको छ । 

आउँदो १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदै छ भने आउँदो ६ जेठमा नयाँ जनप्रतिनिधि आइसक्नुपर्ने अवस्थालाई ध्यानमा राखेर निर्वाचन गर्नुपर्नेमा सहभागी दलका प्रतिनिधिहरूले सुझाव दिएका छन् । 

यसलाई मध्यनजर गरेर आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसक्नुपर्ने सुझाव दिए । 

कांग्रेसले तोकिएकै मिति आउँदो १२ माघमा राष्ट्रियसभाको निर्वाचन गर्नुपर्ने सुझाव दिएको छ । १२ माघमा राष्ट्रियसभा निर्वाचन गर्नुपर्ने र यसका लागि मतदान केन्द्र बढाउन सुझाव दिएको छौँ’, कांग्रेस नेता रमेश लेखकले बताए । 

स्थानीय तहको निर्वाचनका विषयमा कांग्रेसले सरकारले छलफलमार्फत निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएको छ । 

आयोगले १४ र २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको भए पनि यसबारे कुनै निर्णय भएको छैन । तर, तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा एमालेले जोड दिएको छ । 

स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गरेर ६ जेठमा नयाँ जनप्रतिनिधि चयन गरिसक्नुपर्ने एमालेको भनाइ छ । 

निर्वाचन गर्न मिति १२० दिन अगाडि तोक्नुपर्ने हुन्छ । 

ताजा

सबै

गजल मुशायरामा गुञ्जिए राधा, मिलन र अनजान

सागर सुकाइदिन्छु, ढुङ्गा गलाइदिन्छु कारण बताउँदा म, तिम्रै बताइदिन्छु । सानो भनेर हर्…

६ असोजमा 'मोती गजल मुशायरा, २०८०'

आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले यस वर्ष अस…

लालबन्दी भाषा तथा साहित्य पुरस्कार 'बाआमा'लाई

लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले 'लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा…

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

लोकप्रिय

सबै

६ असोजमा 'मोती गजल मुशायरा, २०८०'

आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले यस वर्ष अस…

गजल मुशायरामा गुञ्जिए राधा, मिलन र अनजान

सागर सुकाइदिन्छु, ढुङ्गा गलाइदिन्छु कारण बताउँदा म, तिम्रै बताइदिन्छु । सानो भनेर हर्…

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…