Khabarpato logo

         

राजनीति

'६४ प्रतिशत वामपन्थीको सरकार ढाल्ने, पार्टी फुटाउने, अनि समाजवादको कुरा गर्ने ?"

खबरदाता

खबरदाता

'६४ प्रतिशत वामपन्थीको सरकार ढाल्ने, पार्टी फुटाउने, अनि समाजवादको कुरा गर्ने ?"

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्टलाई कमजोर बनाएर समाजवाद नआउने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिस्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद अनाउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'प्रति कटाक्ष गरेका हुन् । 

माओवादी केन्द्रको आठौँ महाधिवेशनमा प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदन र प्रचण्डको राजनीतिक चरित्रमाथि टिप्पणी गर्दै ओलीले कम्युनिस्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद नआउने बताएका हुन् । 

प्रचण्डको पहलमा साविक नेकपाको सरकार ढालेर कांग्रेस नेतृत्वमा सरकार बनाएको भन्दै आक्रोश व्यक्त गर्दै आएकाले ओलीले प्रचण्डको राजनीतिक दस्तावेजमाथि पनि खरो टिप्पणी गरेका हुन्  ।

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन गरिएको थियो । नेकपा अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर देउवा नेतृत्वको सरकार बनाउन प्रचण्ड र तत्कालीन नेकपा नेता माधवकुमार नेपालको हात रहेको ओलीको बुझाइ छ । 

आफू नेतृत्वको तत्कालीन सरकारलाई ६४ प्रतिशत वामपन्थीहरूको समर्थन रहेको स्मरण गराउँदै ओलीले भने, ‘नेकपाको सरकारलाई वामपन्थीहरूको ६४ प्रतिशत समर्थन थियो । त्यही सरकार ढाल्ने, पार्टी फुटाउने, कम्युनिस्टलाई कमजोर बनाउने अनि त्यसपछि समाजवादको कुरा गर्ने ? यही हो नयाँ समाजवादको बाटो ?'

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…