Khabarpato logo

         

अर्थ/वाणिज्य

ब्ल्याकबेरी मोडलका पुराना मोबाइल हराउने

एजेन्सी

एजेन्सी

ब्ल्याकबेरी मोडलका पुराना मोबाइल हराउने

मंगलबार (भोलि)देखि ब्ल्याकबेरी मोडलका पुराना मोबाइलले काम नगर्ने भएका छन् । अब सबै क्लासिक मोडलका डिभाइसले सपोर्ट नगर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ब्ल्याकबेरी १०, ७.१ ओएस र त्यसअघिका मोडलले काम गर्नेछैनन् । 

यसको अर्थ एन्ड्रोइड सफ्टवेयरमा नचल्ने ब्ल्याकबेरीका सम्पूर्ण पुराना डिभाइसले डाटा प्रयोग नगर्ने, टेक्स्ट मेसेज नपठाउने, इन्टरनेटको पहुँच नहुने र फोन गर्न मिल्नेछैन । 

अधिकांश मोबाइल प्रयोगकर्ताले ब्ल्याकबेरी चलाउन छाडेका छन् । यसको अन्तिम भर्सन भने सन् २०१३ मा लन्च गरिएको थियो । 

उद्यम र विश्वभरका सरकारहरूलाई सुरक्षित सफ्टवेयर र सेवा दिने प्रयास स्वरूप कम्पनीले गत वर्षको सेप्टेम्बरमा यसका बारेमा घोषणा गरेको थियो । 

ब्ल्याकबेरी सन् २०१६ देखि नै फोन बजारबाट टाढा भएको थियो । तर, वर्षौंदेखि यसले विभिन्न फोन निर्मातालाई आफ्नो ब्रान्डमार्फत लाइसेन्स दिँदै आएको थियो । हालसालै उसले अनवार्डमोबिलिटीलाई लाइसेन्स दिएको थियो ।

ब्ल्याकबेरीका पुराना सेल फोन सन् १९९० र सन् २००० को दशकमा निकै लोकप्रिय थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…