Khabarpato logo

         

राजनीति

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण हुँदै

खबरदाता

खबरदाता

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण हुँदै

फाइल फोटो

निर्वाचन आयोगले स्थानीय निर्वाचनको आन्तरिक तयारी थालिरहेका बेला चुनावलाई लक्षित गरी राजनीतिक दलहरू पनि सक्रिय हुन थालेका छन् । 

आउँदो वर्षमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ । यसलाई लक्षित गरी दलहरू राजनीतिक कार्यक्रम गर्नेदेखि पार्टी एकतामा लाग्न थालेका छन् । 

आइतबार नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनको उद्घाटन सत्रका अधिकांश वक्ताहरूले दलहरूबीचको सहकार्य र एकताको आवश्यकता औँल्याउँदै वामपन्थी पार्टीका नेताहरूले पार्टी एकतामा जोड दिएका थिए । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेकपाको विघटनको दोष एकअर्कालाई लगाउने प्रयास गरेका नेताहरूले अन्ततः पार्टी विभाजनको आत्मसमीक्षा गर्दै पार्टी एकतामा जोड दिए । 

यसको तेस्रो दिन मंगलबार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण हुँदै छ ।राष्ट्रिय सभागृहमा मंगलबार मध्याह्न साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम राखिएको छ । सोही कार्यक्रममार्फत पार्टी एकता घोषणा गर्न लागिएको हो । 

साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वाेच्च अदालतले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग अलग भए । आन्तरिक किचलोका कारण अन्ततः एमाले विभाजन भएर नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका  थिए । एकीकृत समाजवादीलाई ९ भदाैमा निर्वाचन आयाेगले दलकाे मान्यता दिएकाे थियाे ।

नयाँ दल दर्ता गरेकाे ५ महिनापछि नेपाल वामपन्थी पार्टीबीच एकता अभियानमा लागेका छन् । केही दिनअघि उनले १३ पुसमा विभिन्न दलबीच एकता हुने घाेषणाा गरेका थिए । एमालेले चुनावलाई लक्षित गर्दै विभिन्न दलका नेतालाई पार्टी प्रवेश गराउने अभियानलाई तीव्रता दिएकाे छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…