Khabarpato logo

         

राजनीति

६ जना नवप्रवेशीले बाजी मारे कांग्रेस केन्द्रीय समितिमा

खबरदाता

खबरदाता

६ जना नवप्रवेशीले बाजी मारे कांग्रेस केन्द्रीय समितिमा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना नवप्रवेशी नेताले केन्द्रीय समितिमा जीत हासिल गरेका छन् ।

विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी आएका सुनिलकुमार थापासहित ६ जना नवप्रवेशी केन्द्रीय समितिमा विजयी भएका हुन् ।

३० असोज २०७४ मा कांग्रेससँग पार्टी समायोजन गरेका गच्छदार स्वयं उपसभापतिमा २ मतले धनराज गुरुङसँग पराजित भए पनि उनीसँग आएका ५ जना भने केन्द्रीय समितिमा विजयी हुन सफल भएका छन् । लोकतान्त्रिक फोरमबाट कांग्रेस भएका गोपाल दहित, गणेश लामा, रामजनम चौधरी, योगेन्द्र चौधरी र कल्पना चौधरी केन्द्रीय समिति सदस्यमा निर्वाचित भएका हुन् । 

केन्द्रीय समितिका लागि खुलातर्फबाट उम्मेदवारी दिएका दहित एक हजार ७१० र लामाले एक हजार ७८२ मत ल्याए । रामजनम चौधरी थारू खुला कोटातर्फबाट २ हजार ५०३ र योगेन्द्र चौधरीले २ हजार १९८ मत प्राप्त गरी केन्द्रीय समितिमा पुग्न सफल भएका छन् ।

यसैगरी थारू महिला कोटातर्फबाट २ हजार ५२४ मतसहित कल्पना चौधरी केन्द्रीय समितिमा विजयी हुँदा गच्छदारसहित तत्कालीन लोकतान्त्रिक फोरमका शिवकुमार गुर्मछान र गीता चौधरी प्रतिस्पर्धामा उत्रिए पनि केन्द्रीय समिति सदस्य बन्न असफल रहे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका सुनिल थापा पनि केन्द्रीय समितिमा सदस्यमा खुलातर्फबाट विजयी भएका छन् । १३ साउन २०७७ मा कांग्रेस प्रवेश गरेका थापालाई २८ कात्तिकमा सहमहामन्त्रीको जिम्मेवारी दिइएको थियो । हालै सम्पन्न महाधिवेशनमा खुला केन्द्रीय सदस्यको कोटाबाट उम्मेदवार भएका थापा २ हजार ४७२ मतसहित विजयी भएका हुन् ।

राप्रपा परित्याग गरी आएकामध्ये २८ कात्तिकमा केन्द्रीय सदस्यमा मनोनीत भएका रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, किरण गिरी, टीएन योगी, दिलीप राई, आशाराम चौधरी र राजेशबहादुर सिंहलाई सभापतिले मनोनीत गरेर केन्द्रीय समितिमा ल्याउने बुझिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…