Khabarpato logo

         

राजनीति

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुने

खबरदाता

खबरदाता

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुने

नेकपा (माओवादी केन्द्र)ले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ । 

माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार ११ पुसदेखि सुरु हुने राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुनेछन् । 

सम्मेलनमा आयोजकबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट सदस्यबाट १२५, पार्टीको आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधि ९०८ र ५ प्रतिशत मनोनीतबाट ७३ जना गरी एक हजार ५३३ जना सहभागी हुने प्रवक्ता महराले जानकारी दिए । 

राष्ट्रिय सम्मेलनबाट ११-१३ पुससम्मका लागि तोकिए पनि केही दिन लम्बिन सक्ने जानकारी दिएका उनले सम्मेलनको तयारी भइसकेको बताए । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक प्रतिवेदन तयार पारिरहेका उनले बताए । सो प्रतिवेदन स्थायी कमिटीमा छलफल हुनेछ । उनले राष्ट्रिय सम्मेलनबाट क्रान्तिकारी पार्टी र विचार निर्माण गर्ने बताए । 

ठूलो पार्टीबाट माओवादी सानो हुँदा संसदीय राजनीतिमा भोगेका विषयमा समीक्षा हुने जानकारी दिएका उनले यसमा आफू कमीकमजोरी औँल्याउने बताए । साथै, सम्मेलनले पार्टीलाई एक ढिक्का बनाउने उनको विश्वास छ । 

एक हजार ५३३ जना सहभागी हुने महाधिवेशनका लागि अहिले काठमाडौं छिर्ने स्थानमा मुख्य द्वार निर्माण भइरहेको, आकाशे पुलमा गेट, ब्यानर राख्ने काम भइरहेको उनले जानकारी दिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…