Khabarpato logo

         

राजनीति

४० प्रतिशत मतले भावविभोर भएको छु, कांग्रेस रूपान्तरणको एजेन्डामा क्रियाशील रहन्छु: डा. शेखर कोइराला

खबरदाता

खबरदाता

४० प्रतिशत मतले भावविभोर भएको छु, कांग्रेस रूपान्तरणको एजेन्डामा क्रियाशील रहन्छु: डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिको निर्वाचनमा प्राप्त ४० प्रतिशत मतले आफू भावविभोर भएको बताएका छन् । कांग्रेस परिवर्तनको पक्षमा उभिने मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने उल्लेख गर्दै सभापतिमा निर्वाचित भएकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र शुभकामना दिएका छन् ।

कोइरालाले देउवाको सभापतिको दोस्रो कार्यकालमा कांग्रेसको गौरव पुनर्स्थापित हुने विश्वास पनि व्यक्त गरेका छन् । सभापतिको निर्वाचनको मत परिणाम आएको तेस्रो दिनपछि कोइरालाले देउवालाई बधाई दिएका हुन् ।
यस्तो छ कोइरालाको विज्ञप्ति :

प्रिय साथीहरु,
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सभापति चयन गर्ने प्रक्रिया पूरा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको छ । म उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु । साथै उहाँको कार्यकालमा नेपाली कांग्रेसको गौरव पुनर्स्थापित हुनेछ भन्ने विश्वास पनि गर्दछु ।
पार्टीका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना अगाडि बढ्दै छ । मतगणना सकिएर विजय हुनुभएका साथीहरुलाई हार्दिक बधाई । आशा छ कांग्रेस परिवर्तनको पक्षमा उभिने हामी मतपरिणामबाट धेरै उत्साही र धेरै हतोत्साही हुने छैनौँ । पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वाभाविक रुपमा लिँदै कांग्रेस रूपान्तरणको एजेन्डामा निरन्तर क्रियाशील हुनेछौँ ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा म पार्टी सभापतिमा पराजित भएको छु । केही मतबाट पराजित भए पनि हामीले प्रतिनिधि साथीहरु र लोकतन्त्रवादीहरुको ‘मन’ जित्न सफल भएका छौं । पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आमलोकतन्त्रवादीहरुबीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौं ।
मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रक्रियालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ । मलाई प्रतिनिधि साथीहरुबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु । प्रतिनिधि साथीहरूले मप्रति देखाएको विश्वास र भरोसाप्रति म अविचलित रहने प्रण गर्दछु ।
मलाई विश्वास छ, पार्टीका प्रतिनिधि साथीहरु, शुभेच्छुक मित्रहरु र आमनेपाली जनताबीच मेरो उम्मेदवारीले पार्टीलाई रूपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त भएको छ । मलगायत मेरो टिम विश्वास दिलाउन चाहन्छ,  हामी निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृत रहने छौँ  ।
पार्टीभित्र रुपान्तरण र परिवर्तनको यो लडाई हामीलाई सहज थिएन । वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौं । पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रबृति, गलत संस्कृति र संस्कारको विरुद्ध हामी लडिरहेका थियौँ । हामी लडिरहेका थियौं, पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधानविपरीत हुने निर्णयविरुद्ध ।
पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नको लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग ऊर्जावान युवाहरुको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामीविरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौँ ।
पार्टीको १४औँ महाधिवेशनको प्रतिस्पर्धा पार्टीभित्र यथास्थितिवादी र परिवर्तनकारीबीच थियो । हामी परिवर्तनकारी शक्ति थियौँ । हामीसँग निष्ठावान कार्यकर्ताहरुको भरोसा र विश्वास थियो । हामीसँग हाम्रा अग्रज मूर्धन्य नेताहरु बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधिलगायत कैयन ज्ञात अज्ञात शहिदहरुको प्रेरणा थियो । जसलाई हामीले छातीमा राखेर कांग्रेसमा परिवर्तनको लागि नेपालका गाउँ शहर, हिमाल पहाड र तराई मधेस गयौ ।
हामी कांग्रेस कार्यकर्ता साथीहरुको घर दैलोमा पुग्यौँ । हामी काठमाण्डौँको आराम जीवन छोडेर जब गाउँ घर पुग्यौँ कांग्रेस हुनुको गौरव र भावना बुझ्यौँ । कांग्रेसको १४औँ महाधिवेशनबाट आउने परिणामको महत्व आफ्नो ठाउँमा छ, तर हामीले कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश सम्पूर्ण कांग्रेसजनमा मात्र होइन, आमनेपालीको घर दैलोमा पुर्‍याएका छौँ ।
म आभार प्रकट गर्दछु, ती तमाम प्रतिनिधि साथीहरुप्रति जसले अनेकन् प्रतिकूलताको बीच पनि हामीप्रति निरन्तर विश्वास र भरोसा प्रकट गर्नुभयो । म आभार प्रकट गर्छु ती तमाम सञ्चारकर्मीहरुप्रति जसले हामीलाई कांग्रेस सुधारको प्रकृयामा सक्रिय भई सहयोग र समर्थन प्रदान गर्नुभयो । सञ्चार क्षेत्रको सहयोग नभएको भए हाम्रो एजेन्डा सीमित स्रोत र साधनको कारण आमकांग्रेसजन र प्रवुद्ध नागरिकसँग जोडिन सम्भव थिएन । म आभारी छु, ती तमाम लोकतन्त्रवादी नागरिकप्रति जसले हामीलाई निरन्तर निष्ठाप्रति अविचलित रहन प्रेरणा मात्र दिनुभएन दबाब पनि दिनुभयो । निर्वाचन समितिले अनेक प्रतिकूल परिस्थितिको सामना गर्दै लामो प्रक्रियामा गएको कांग्रेस महाधिवेशनलाई अहोरात्र खटेर सम्पन्न गरेकोमा धन्यवाद दिन चाहन्छु । 
अन्त्य,
पार्टीको १४औँ महाधिवेशनको मतपरिणामपछिका दिन राष्ट्रिय निर्वाचनको चहल पहल सुरु हुनेछ । कांग्रेसलाई एकढिक्का बनाएर मात्र हामी फेरि कांग्रेसलाई एक नम्वरको पार्टी बनाउन सक्छौं । कांग्रेसलाई एक नम्वरको पार्टी बनाउन हामी फेरि हिमाल, पहाड र तराई मधेस आउने नै छौं, तपाईहरुको घरदैलोमा ।  हामीप्रति देखाएको स्नेह, सहयोग र सद्भावप्रति म धन्यवाद ज्ञापन गर्दछु र भविष्यमा पनि हामीलाई यस्तै माया र सद्भावको अपेक्षा गर्दछु । धन्यवाद । 

डा. शेखर कोइराला
२ पुस २०७८

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…