Khabarpato logo

         

राजनीति

प्रस्तावित ३ राजदूतविरुद्ध शुक्रबारसम्म उजुरी दिन सकिने

खबरदाता

खबरदाता

प्रस्तावित ३ राजदूतविरुद्ध शुक्रबारसम्म उजुरी दिन सकिने

बेलायत, अमेरिका र भारतका लागि नेपाली राजदूतमा सिफारिस भएका ३ जनाविरुद्ध आगामी शुक्रबारसम्म संसदीय सुनुवाइ समितिमा उजुरी दिन सकिने भएको छ । 

संघीय संसद्को संसदीय सुनुवाइ समितिका अनुसार प्रस्तावित राजदूतका विषयमा १८ कात्तिकमा सूचना तथा उजुरी आह्वान भएकामा २६ कात्तिकसम्म उजुरी दिन सकिनेछ । 

११ कात्तिकको मन्त्रिपरिषद् बैठकले बेलायतका लागि ज्ञानचन्द्र आचार्य, अमेरिकाका लागि श्रीधर खत्री र भारतका लागि डा. शंकरप्रसाद शर्मालाई नेपाली राजदूतमा सिफारिस गरेकोथियो ।  

मन्त्रिपरिषद्को निर्णय अनुसार १२ कात्तिकमा संसदीय सुनुवाइका लागि पत्र प्राप्त भएको थियो ।

‘उहाँहरूलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित मिति २०७८ कात्तिक २६ गते कार्यालय समयभित्र यस समिति समक्ष निम्न माध्यममार्फत वा सोझै समितिमा आई सूचना वा उजुरी दिन सकिने व्यहोरासमेत यसै सूचनाद्वारा सूचित गरिन्छ’, समितिले भनेको छ । समितिका अनसार हुलाक, फोन, फ्याक्स वा ईमेलमार्फत पनि उजुरी दिन सकिनेछ । सूचना वा उजुरी दिनेको नाम गोप्य रहन्छ ।

तीनै जनाविरुद्धका उजुरीमाथि सुनुवाइ समितिले छानबिन गर्नेछ । समितिले अनुमोदन गरेपछि राष्ट्रपतिमार्फत राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…