Khabarpato logo

         

राजनीति

कोप- २६ सम्मेलनमा किन अनुपस्थित भए चीन र रसियाका राष्ट्रपति ?

एजेन्सी

एजेन्सी

कोप- २६ सम्मेलनमा किन अनुपस्थित भए चीन र रसियाका राष्ट्रपति ?

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप- २६ मा चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिन अनुपस्थित भएपछि उनीहरूको चर्को आलोचना भएको छ । 

सम्मेलनमा विभिन्न देशले जलवायु परिवर्तनका असर न्यून पार्न विभिन्न प्रतिबद्धतामा हस्ताक्षर गरिरहेका बेला विश्वकै औधोगिक राष्ट्रमध्येको एक चीन र अर्को शक्तिशाली देश रसियाका राष्ट्र प्रमुख अनुपस्थित हुनुलाई अर्थपूर्ण मानिएको छ । 

स्कटल्यान्डको ग्लास्गोमा १४ नोभेम्बरसम्म चल्ने सम्मेलनमा दुवै देशले आफ्ना प्रतिनिधि भने पठाएका छन् ।

विश्वमा सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने देशमा चीन र त्यसपछि अमेरिका पर्छ । त्यस्तै, युरोपेली युनियन,  भारत र रसिया क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा पर्छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सम्मेलनमा सी र पुटिन  अनुपस्थित भएको भन्दै उनीहरूको चर्को  आलोचना गरे । वर्तमान समयमा जलवायु महत्त्वपूर्ण मुद्दा भएको र त्यसबाट दुवै  देश भाग्न खोज्नु दुर्भाग्यपूर्ण भएको उनले बताए । राष्ट्रपति सी सम्मेलनमा सहभागी नभएर गम्भीर ‘भूल’ गरेको समेत उनले आरोप लगाए । 

बाइडनले रसियाको जंगल डढेलोले सखाप हुँदा पुटिन टुलुटुलु हरेर बसेको र वन संरक्षणका मुद्दामा मौन बसेको आरोप लगाए ।

वन जंगल संरक्षण गर्ने सवालमा चीन र रसिया दुवै  एकमत छन् । सन् २०३० सम्ममा वन फडानी समाप्त गर्ने प्रतिबद्धतामा रसिया र चीन दुवैले हस्ताक्षर गरेका छन् ।

गत वर्षको सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सीले सन् २०६० सम्ममा कार्बन न्युट्रल गर्ने घोषणा गरेका थिए । जति हरितगृह ग्यास उत्सर्जन हुन्छ, त्यति नै मात्रामा त्यसलाई वातावरणबाट सोस्ने प्रक्रियालाई कार्बन न्युट्रल भनिन्छ । उद्योग, कलकारखाना, यातायातका साधनमा प्रयोग हुने इन्धनबाट हाम्रो वायुमन्डलमा कार्बन उत्सर्जन हुन्छ । 

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा पुटिन अनुपस्थित हुने २ महिनाअघि नै रसियाली प्रशासन क्रेमलिनले जानाकारी दिएको थियो । पुटिनको अनुपस्थितिलाई क्रेमलिनले कोभिड महामारीसँग जोडेको छ । अहिले पनि धेरै रसियाली कोभिडबाट संक्रमित छन् । त्यहाँ कोभिडबाट पछिल्लो एक महिनादेखि  दैनिक औसतमा एक हजार जनाको मृत्यु भएको छ । रसियाको आधाभन्दा बढी जनसंख्याले खोप लगाएको छैन । 

तर, एक महिनाअघि भएको ऊर्जासम्बन्धी एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा रसियालाई सन् २०६० सम्ममा  कार्बन न्युट्रलको अवस्थामा पुर्‍याउने  पुटिनले प्रतिबद्धता जनाएका थिए ।

यसअघि जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अमेरिकाले हात निकालेपछि चीन र रसियाले वासिंगटनको चर्को विरोध गरेका थिए । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सन् २०१५ मा भएको एतिहासिक पेरिस सम्झौताबाट हात झिकेको घोषणा गरेका थिए । तर, बाइडेन प्रशासनले अमेरिका सो सम्झौताप्रति प्रतिबद्ध रहेको जनाएको छ । 

ट्रम्पको निर्णयपछि सम्झौताको भविष्यका बारेमा विभिन्न आशंका उब्जिएका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…