Khabarpato logo

         

राजनीति

राजदूत सिफारिस समावेशी नभएको भन्दै सांसदहरूको आपत्ति

न्युज कारखाना

न्युज कारखाना

राजदूत सिफारिस समावेशी नभएको भन्दै सांसदहरूको आपत्ति

राजदूत सिफारिस समावेशी नभएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् । संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकमा सदस्यहरूले राजदूत सिफारिस समावेशी नभएको भन्दै आपत्ति जनाउँदै समितिले सच्याउन सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिएका हुन् । 

यसबारेमा समिति सभापति लक्ष्मणलाल कर्ण र सदस्यहरूबीच सवाल जबाफ पनि भएको छ । सांसद शिवकुमार मण्डलले राजदूत सिफारिस समावेशिताको मान्यताअनुसार भएको छ कि छैन ? भन्दै प्रश्न गरे । यसको जबाफ दिँदै सभापति कर्णले भने, ‘छैन ।’ 

सभापति कर्णको जबाफसँगै सांसद मण्डलले भने, ‘समावेशीको विषयमा समिति नबोल्ने ? बोल्नुपर्‍यो । संविधानअनुसार त कार्यान्वयन हुनुपर्‍यो नि !’

यसपछि सभापति कर्णले उपाय खोज्दै भने, ‘के गर्ने त ?’  

लगत्तै सांसद देव गुरुङले समितिको काम सुनुवाइ गर्ने मात्र नभएर सरकारलाई सुझाव दिने पनि रहेको बताए । ‘समितिको काम सुनुवाइ मात्र गर्ने हो कि सरकारलाई सुझाव पनि दिने हो ? समावेशिताको प्रश्न उठाउनुपर्छ’, गुरुङले बैठकमा भने । 

यसपछि सभापति कर्णले भने, ‘अहिले ३ जना सिफारिसमा समावेशी छैन । बाँकी सिफारिसमा ध्यान दिन सरकारलाई भन्नुपर्छ ।’ 

सरकारलाई सुझाव दिने मात्र नभएर कार्यान्वयन गर्नुपर्नेमा सांसद पूर्णाकुमारी सुवेदीले बताइन् । सभापति कर्णले यसबारेमा सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए ।

राजदूत सिफारिसमा समावेशीप्रति ध्यान दिनुपर्ने आवाज उठाउनेमा अधिकांश माओवादी केन्द्रका सांसद छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…