Khabarpato logo

कला/साहित्य

५६ वर्षमा शाहरुख, पुलिस अफिसरको भूमिका खोज्दै

एजेन्सी

एजेन्सी

५६ वर्षमा शाहरुख, पुलिस अफिसरको भूमिका खोज्दै

बलिउड स्टार शाहरुख खानको मंगलबार २ नोभेम्बरमा जन्मोत्सव परेको छ । मंगलबार शाहरुख ५६औँ वर्षमा प्रवेश गरेका छन् । बलिउडमा शाहरुखलाई ‘रोमान्स किङ’को ट्याग दिइएको छ ।

उनलाई सम्झाउने नै उनले निर्वाह गरेका विभिन्न रोमान्टिक क्यारेक्टरले हो । यसैले गर्दा उनले एक्सन जनराका निकै कम फिल्म गरेका छन् । यिनै शाहरुखले एक अवार्डमा आफूले पुलिस अफिसरको भूमिका कुनै फिल्ममा पनि निर्वाह नगरेको गुनासो गरेका थिए ।

उनले आफू पुलिसको भूमिकामा देखिने इच्छासमेत जाहेर गरेका थिए । उनी पछिल्लो समय 'पठान'मा स्पाइ एजेन्टको भूमिका भने निर्वाह गरिरहेका छन् । उनको निर्माण तथा अभिनय रहेको फिल्म 'जिरो' असफल भएपछि उनी नयाँ निर्देशक र कथा चयनमा सतर्क छन् । 

पठानपछि शाहरुख साउथ इन्डियन फिल्म निर्देशक एटलीको फिल्ममा काम गर्ने तयारीमा छन् । मार्सल र थेरी जस्ता फिल्म निर्देशन गरेर चर्चामा आएका एटलीको फिल्म कुनै रिमेक नभई ओरिजिनल कथामा हुने बताइएको छ । शाहरुख चाहन्छन्, फिल्म हेरेर दर्शकले पूर्ण रूपमा मनोरञ्जन लिऊन् । कोरोना भाइरसको महामारीका कारण यसको काम राेकिएकाे छ । 

यस्तै, शाहरुखले काम गर्न चाहेको अर्का निर्देशक हुन् राजकुमार हिरानी । केही समययता उनीहरूले विभिन्न स्क्रिप्टमा छलफल गरेको खबर आउने गरेको छ । यद्यपि, फिल्म गर्ने घोषणा भने भएको छैन । सन् २०१८ मा रिलिज भएको फिल्म ‘सन्जु’ पछि हिरानीले पनि फिल्म निर्देशन गरेका छैनन् ।

उनले आफ्नो साथी अभिजात जोशीसँग मिलेर स्क्रिप्टमा काम गरिरहेका छन् । यस टिममा जोडिएकी छन् कनिका ढिल्लोन । शाहरुख र रेड चिल्लीसँग धेरै प्रोजेक्टमा काम गरेकी कनिकाले हिरानी र अभिजातलाई स्क्रिप्ट तयार पार्न सघाएकी छन् ।

निर्देशक हिरानी पनि शाहरुखलाई सुहाउँदो कथा भएकोले काम गर्न तयार भएका छन् । अब हेरौँ, शाहरुखको करियरमा उनको भूमिका कस्तो हुन्छ ? कमेडी र सोसल ड्रामा निर्देशन गर्दै आएका हिरानीले यस पटक कस्तो कथालाई अगाडि ल्याउछन् ? बी-टाउनमा यो चर्चाको विषय बनेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि