Khabarpato logo

         

राजनीति

देउवालाई १२ भाइको दबाब : 'न्यायालय शुद्धीकरणको पक्षमा कांग्रेस उभिनुपर्छ'

न्युज कारखाना

न्युज कारखाना

देउवालाई १२ भाइको दबाब : 'न्यायालय शुद्धीकरणको पक्षमा कांग्रेस उभिनुपर्छ'

नेपाली कांग्रेसका १२ जना नेताले न्यायालयमा देखिएको समस्या समाधानका लागि पार्टीले अग्रसरता लिनुपर्ने बताएका छन् ।

गगन थापासहितका १२ नेताले शुक्रबार विज्ञप्ति जारी गरेर पछिल्लो समय न्यायालयको नेतृत्वका विषयमा न्यायालय र न्याय प्रणालीभित्रैबाट उठेको विरोधलाई सामान्य रूपमा लिन नमिल्ने उल्लेख गरेका छन् ।

'यस अवस्थामा नेपाली कांग्रेस मुकदर्शक बन्न या घटनाक्रमलाई न्यायालय भित्रको बिषय हो उसैले जानोस् भनेर नजरअन्दाज गर्न मिल्छ ? कदापि मिल्दैन । किनकि यो लडाइँ न्यायालयलाई निष्पक्ष, स्वतन्त्र र पवित्र राख्ने कि नराख्ने भन्नेमा केन्द्रित भएकाले, आफ्नो जन्मकालदेखि नै स्वतन्त्र र निष्पक्ष न्यायालयको पक्षमा संघर्ष गरेको नेपाली कांग्रेस त झन् यस मामिलामा मौन बस्नै मिल्दैन', विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति निकाल्नेमा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादव रहेका छन् ।

उनीहरूले अदालतको विषय अदालतले सुल्झाउनुपर्ने, थप टिप्पणी गर्न नहुने भनेर सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्तिमा पनि आपत्ति जनाएका छन् ।

न्यायपालिकाको नेतृत्वको शुद्ध न्यायिक आचरणबिना न्यायपालिकाको स्वतन्त्रता संभव नहुने र न्यायपालिकाको स्वतन्त्रताबिना कांग्रेसले विश्वास गरेको उदार लोकतन्त्रको संरक्षण सम्भव नरहेको उनीहरूले उल्लेख गरेका छन् ।

त्यसैले अहिलेको अवस्थामा कांग्रेस स्पष्ट दृष्टिकोणका साथ न्यायलय शुद्धीकरणका लागि भइरहेको लडाइँको पक्षमा उभिनुपर्ने मत उनीहरूले राखेका छन् ।

बीपी कोइरालाले अदालत लोकतन्त्र र राष्ट्रको सजग प्रहरी भएकाले लोकतन्त्रको जग बसाल्न र यसको सुदृढीकरण गर्न न्यायपालिकाको निष्पक्षतालाई अुक्षण्ण राख्नुपर्ने भनेको स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ, 'लोकतन्त्र र न्यायको आधारभूत मर्ममाथि हुने सबै किसिमका प्रहारलाई रोक्नु र अदालतप्रतिको जनविश्वासलाई डगमगाउन नदिनु कांग्रेसको प्रमुख दायित्व हो ।'

न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रताका लागि आज देखिएको समस्या हल गरेर मात्र नपुग्ने भएकाले १२ भाइले न्यायपालिकाको निष्पक्षताका लागि संविधान, कानुन, नियत, अभ्यास, शैली र प्रक्रियामा गम्भीर विमर्श गर्दै उपयुक्त निर्णयको खाँचो औँल्याएका छन् । कांग्रेसले अहिले न्याय प्रणालीका सन्दर्भमा उठेका प्रश्नलाई नजरअन्दाज नगरी समस्याको हल खोज्न जिम्मेवारपूर्वक अविलम्ब अग्रसरता लिनुपर्ने उनीहरूको माग छ ।

विगतमा न्यायलयसँग सम्बन्धित कानुनी र अभ्यासगत रूपमा भए, गरेका काम कारवाहीबाट सिक्दै न्यायप्रणालीको संस्थागत विकास, न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रताका खातिर दीर्घकालीन समाधान खोज्नका लागि कांग्रेसले नेतृत्वदायी भूमिका पनि लिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…