Khabarpato logo

कला/साहित्य

राजेश हमाल अब गायक

न्युज कारखाना

न्युज कारखाना

राजेश हमाल अब गायक

अभिनेता राजेश हमालले आफूलाई गायकको रूपमा समेत अघि बढाएका छन् । हमालले करिब २ महिनाअघि दीपक शर्माको शब्द र संगीतमा उनले ‘मन बुढो भएन’ बोलको गीत गाएका हुन् । 

गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले साथ दिएका छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत अनामनगस्थित वेभ स्टुडियोमा रेकर्ड गरिएको हो । 

‘हमाल दाइलाई आफूलाई अनुकूल हुने, आफ्नो उमेर सुहाउँदो एउटा गीत गाउन इच्छा रहेछ’, गीतकार तथा संगीतकार दीपक शर्माले भने, ‘मैले एउटा गीत लेखेको थिएँ । म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेमार्फत हमाल दाइलाई भेटेर गीत सुनाएँ । उहाँले मनपराउनुभयो ।’ 

गीत मनपराएपछि हमालले केही समय ‘प्राक्टिस’ गर्ने चाहना राखेछन् । ‘दाइसँग २ पटकको बसाइमा राम्रो प्राक्टिस भयो’, संगीतकार शर्माले भने,  ‘२ पटककै अभ्यासमा उहाँले प्रोफेसन गायकले झैँ सुरताल पक्रनुभयो । त्यसपछि गीत रेकर्ड गर्‍याैँ ।’ 

हमालको स्वरको यो गीत तिहार अगाडि नै भिडियोसहित दर्शकमाझ ल्याउने तयारी गरिएको छ । भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गर्नेछन् । हमालले यसअघि शिव रेग्मीको ‘हामी तीन भाइ’ फिल्मको ‘बाजा बजाउँदै’ बोलको गीतमा केही संवाद बोलेका थिए ।

तर, त्यसलाई गीत मान्न सकिँदैन । पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त रहेका हमालको उमेरजन्य यस गीतले दर्शक-स्रोताको साथ पाउने विश्वास संगीतकार शर्माको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि