Khabarpato logo

         

राजनीति

विश्वासको मत नपाउने भएपछि बाग्मतीकी मुख्यमन्त्री शाक्यले राजीनामा दिँदै

न्युज कारखाना

न्युज कारखाना

विश्वासको मत नपाउने भएपछि बाग्मतीकी मुख्यमन्त्री शाक्यले राजीनामा दिँदै

फाइल फोटो

  • शिव चौलागाईं

अल्पमतमा परेकी बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छन् । 

प्रदेशसभाको बैठकमा बुधबार विश्वासको मत लिने तयारी भइरहँदा विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिनु उचित हुने ठानेकी हुन् । स्रोतका अनुसार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै राजीनामा दिने मुख्यमन्त्री शाक्यको तयारी छ ।

प्रदेशसभामा रहेका १०९ जना सांसदको बहुमत संख्या ५६ जना सांसद रहेको एमालेको एकल बहुमतको सरकारको नेतृत्व गरेकी मुख्यमन्त्री शाक्य पार्टी विभाजन भई १३ जना सांसदले एकीकृत समाजवादी रोजेपछि अल्पमतमा परेकी थिइन् । 

मुख्यमन्त्री शाक्यलाई अहिले एमालेका ४३ जना सांसदको समर्थन रहेकाले विश्वासको मत नपुग्ने ठान्दै उनले राजीनामा दिन लागेकी हुन् । 

शाक्य गत २ भदौमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । मुख्यमन्त्री बनेको २ महिनापछि उनकाे पद धरापमा परेकाे हाे । उनले गत २४ असोजमा प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत लिन प्रस्ताव पेस गरेकी थिइन् । उनको प्रस्तावमाथि गत ४ कात्तिककाे प्रदेशसभामा छलफल अघि बढ्न नसकी आजका लागि तय भएको थियो । तर, आज पनि विश्वासको मत नपाउने देखेर शाक्यले राजीनामा दिन लागेकी हुन् । 

बाग्मतीमा एमालेका ४३, प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का २३, अर्को प्रतिपक्ष नेपाली कांग्रेसका २२, विवेकशील साझा दलका ३, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का २, राप्रपाका २ र जनता समाजवादी पार्टी (जसपा)का एक जना सांसद छन् । 

गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति यसअघि भइसकेको छ । पाण्डेपछि कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने सहमति बनेको हो । पाण्डेको नेतृत्वमा बन्ने सरकारमा सुरुमा ४ जना मन्त्री नियुक्त गरिने गठनबन्धनको तयारी रहेको बताइएको छ ।

ताजा

सबै

कक्षा १२ को नतिजा प्रकाशन

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशनगरेको छ ।शुक्रबार बिहान बसे…

ट्विटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशका ३५ सय एकाउन्ट

ट्विटरले चीन र रुससहित ६ वटा देशका विभिन्न संघ संस्थाकाे एकाउन्ट हटाएकाे छ । सरकारक…

देव गुरुङको संयोजकत्वमा विधान परिमार्जन गर्न कार्यदल गठन

राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको नेकपा (माओवादी केन्द्र)ले विधान परिमार्जन गर्न…

नेपाली कांग्रेस महोत्तरी- ३ को अधिवेशनमा झडप

नेपाली कांग्रेस महोत्तरी- ३ को अधिवेशनमा झडप भएकाे छ । जारी क्षेत्रीय अधिवेशनको बन्द…

लोकप्रिय

सबै

एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यलाई सर्वाधिक मत, घनश्याम भुसाल पराजित

नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् । चितवन…

एमाले सचिवमा ओलीले प्रस्ताव गरेका पाँचै नेता विजयी, कार्की र आचार्य पराजित

नेकपा एमालेको १०औँ महाधिवेशनबाट ५ जना सचिव विजयी भएका छन् । चितवनमा भएको महाधिवे…

सुन-चाँदीको मूल्यमा सामान्य गिरावट

सुन-चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला१०० रुपैयाँले घटेर ९१ हजार ९०० र…

राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले लिए शपथ

राष्ट्रिय खेलकुद परिषद्(राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको…

यो पनि

देव गुरुङको संयोजकत्वमा विधान परिमार्जन गर्न कार्यदल गठन

देव गुरुङको संयोजकत्वमा विधान परिमार्जन गर्न कार्यदल गठन

राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको नेकपा (माओवादी केन्द्र)ले विधान परिमार्जन गर्न…

नेपाली कांग्रेस महोत्तरी- ३ को अधिवेशनमा झडप

नेपाली कांग्रेस महोत्तरी- ३ को अधिवेशनमा झडप

नेपाली कांग्रेस महोत्तरी- ३ को अधिवेशनमा झडप भएकाे छ । जारी क्षेत्रीय अधिवेशनको बन्द…

संसदको नियन्त्रणमा हुनेगरी संवैधानिक राजतन्त्र राखौँ: राप्रपा

संसदको नियन्त्रणमा हुनेगरी संवैधानिक राजतन्त्र राखौँ: राप्रपा

नि:शर्त राजतन्त्रको पक्षमा वकालत गर्दै आएकोराष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको नियन्त्रणमा…

रेखा थापाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा, भन्छिन्: 'शीर्ष नेताहरू मभन्दा खत्रा कलाकार'

रेखा थापाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा, भन्छिन्: 'शीर्ष नेताहरू मभन्दा खत्रा कलाकार'

राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै नायिका रेखा थापाले…