Khabarpato logo

समाचार

प्रधानमन्त्री देउवाले कर्मचारीबाटै बाढी-पहिराे र डुबानकाे अवस्था बुझे, पीडितलाई भेटेनन्

न्युज कारखाना

न्युज कारखाना

प्रधानमन्त्री देउवाले कर्मचारीबाटै बाढी-पहिराे र डुबानकाे अवस्था बुझे, पीडितलाई भेटेनन्

प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ का सुनसरी, मोरङ, ताप्लेजुङ, इलाम जिल्लाका बाढीपीडितको अवस्था बुझ्न आएका छन् ।

उनले पीडितलाई नभेटी सरकारी कर्मचारीबाट बाढी-पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझेका छन् । प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाका बारेमा जानकारी लिने कार्यक्रम तय गरे पनि उनी पीडितलाई नभेटी हेलिकोप्टरबाट मन्त्रीहरूको जम्बो टोलीका साथ प्रभावित क्षेत्रमा घुमेका छन् ।

उनीसँगै डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न ऊर्जामन्त्री पम्फा भुसाल, संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ आएका छन् । 

बिहानै सुनसरी आएका देउवाले सशस्त्र प्रहरी बल पकलीमा सप्तरी सुनसरीका प्रमुख जिल्ला अधिकारीबाट ती जिल्लाको वस्तुगत अवस्थाको तथ्यांक लिएका थिए ।

उनले प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र प्रदेशका मुख्य सचिवबाट पनि प्रदेशको अवस्था बुझेका थिए । 

विपत्तिको समयमा केही राहतको प्याकेज ल्याउलान् भन्ने आश गरेका बाढीपीडितले प्रधानमन्त्री देउवाले काठमाडाैं फर्केर राहत प्याकेज घोषणा गर्ने आश्वासन मात्र बाँडे । करिब ५ मिनेट बोलेका देउवाले बाढीपीडितलाई यसअघि नै आर्थिक सहयोग गरेको बताउँदै काठमाडौँ फर्किएर मन्त्रीस्तरको बैठकबाट राहतस्वरूप गिफ्टको व्यवस्था गर्ने बताए । उनले बाढीले पुर्‍याएको मानवीय तथा धनमालको क्षतिप्रति दुखित रहेको समेत बताए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि