Khabarpato logo

कला/साहित्य

'उचाइ' टिम मनाङमा

न्युज कारखाना

न्युज कारखाना

'उचाइ' टिम मनाङमा

गत ४  अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उचाइको छायांकन भइरहेको छ । काठमाडौंमा २ दिनको छायांकन सकेर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ । लुक्ला, नाम्चेको छायांकन सकेपछि यतिबेला फिल्म युनिट मनाङको रमणीय दृश्य छायांकन गरिरहेको छ ।

८ दिनको सेड्युल लिएर मनाङमा छायांकन सुरु गरिएको फिल्मका लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताएका छन् । उनले मौसमले केही समस्या ननिम्त्याए निर्धारित समयमै छायांकन सकेर फिल्म युनिट काठमाडौं हुँदै भारत फर्किने बताए ।

'फिल्ममा नेपालको पर्यटनलाई टेवा पुग्ने किसिमले हिमाली सुन्दरता कैद भइरहेका छन्', रेग्मी भन्छन्, 'यो फिल्मपश्चात अन्य भारतीय व्यानर पनि छायांकनका लागि आउनेमा आशावादी छौँ ।'

मित्रताको कथा भन्ने फिल्ममा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायतको अभिनय रहेको छ । यद्यपि, नेपालमा अमिताभ बच्चन आएका छैनन् ।

४ जनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ । बलिउडको प्रसिद्ध व्यानर राजश्री प्रोडक्सनको निर्माण तथा सुरज बडजात्याको निर्देशनमा फिल्म तयार भइरहेको छ । नेपालमा ४० देखि ४५ दिनकाे छायांकन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताए । हिमाली भेगमा छायांकनको लागि ट्रेकिङ गाइड तिलकराम राईले सहयोग गरिरहेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि