Khabarpato logo

         

राजनीति

अब ओली च्यूत भएको हेर्न बाँकी छ : नेपाल

न्युज कारखाना

न्युज कारखाना

अब ओली च्यूत भएको हेर्न बाँकी छ : नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वपार्टी एमाले सबै हिसाबले पतनको दिशामा गइसकेको बताएका छन् ।

एमाले सुदूरपश्चिमका नेता भानुभक्त जोशीलाई एकीकृत समाजवादीमा भित्र्याउँदै नेपालले अन्तिम समयसम्म प्रयत्न गर्दा पनि एमालेलाई ठिक ठाउँमा ल्याउन नसकेको बताए । नेपालले एमालेको प्रथम विधान अधिवेशनलाई तमासाको संज्ञा दिए ।

'विधान अधिवेशनको नाममा भेला गरिएका मानिसहरूको जमात र त्यसले अगाडि सारेका मान्यता देखेर एमालेलाई सुधार्न नसकेर, ठीक ठाउँमा ल्याउन नसकिने देखेर अर्को क्रान्तिकारी पार्टी आवश्यक पर्‍यो भन्ने निष्कर्षसहित भानुभक्त जोशी नेकपा एसमा आउनुभयो', उनले भने ।  

जोशीको नयाँ यात्रामा सबैभन्दा पहिलो अवरोध केपी ओली गुटले गर्ने भन्दै त्यसलाई पन्छाएर अघि बढ्न निर्देशन दिए । 'उनीहरूले भ्रम विभिन्न ठाउँमा पैदा गरेकाले चिर्नुपर्ने, अवरोध पन्छाउनुपर्ने र कम्युनिस्ट आन्दोलनको पंक्तिमा, एमालेको भ्रममा बसिरहेका पंक्तिमा सत्यतथ्य कुराहरू जानकारी गराउनुपर्छ', उनले भने ।  

नेपालले केपी ओली कम्युनिस्ट आन्दोलन तथा अन्य सबै हिसाबले च्यूत भइसकेको आरोप लगाए । 'अब सम्पूर्ण रूपले च्यूत भएको औपचारिक रूपमा त्यो दिन हेर्न बाँकी छ', उनले भने, 'हामी पहिलेदेखि नै यो निष्कर्षमा थियौँ कि केपी ओलीलाई सुधार्न सकिँदैन ।'

ओलीमा व्यक्तिवाद, गुटवाद, निरंकुश शैली चरम रूपमा देखिएको भन्दै उनले वैचारिक स्खलन, राष्ट्रियताको मामिलामा आत्मसमर्पण गरेको, समाजवादको ध्येय र उद्देश्यलाई बिर्सिएर मुलुकलाई परिवर्तनको दिशामा अगाडि लैजानपर्नेमा यथास्थितिमा रहन थालेको यी सबै कुराले गर्दा निकै ठूलो अन्तरसंषर्घ लामो समयसम्म चलेको सुनाए ।  

'अन्तरसंघर्षको सामना गर्ने आँट ओलीमा भएन । केन्द्रीय कमिटी नै भंग गरे । आफूसँग असहमत भएका व्यक्तिलाई पार्टीबाट निष्कासन गर्ने तहमा पुगे । सिंगो पार्टी आफ्नो कब्जामा राख्न पुगे । त्यहाँ सामूहिकता छैन । कम्पनी जस्तो हुन पुगेको छ', उनले भने । नेपालले जोशीलाई पार्टीको स्थायी कमिटीमा ल्याउने घोषणा पनि गरे ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…