Khabarpato logo

कला/साहित्य

अन्तत: नेपाल नआउने भए अमिताभ बच्चन

न्युज कारखाना

न्युज कारखाना

अन्तत: नेपाल नआउने भए अमिताभ बच्चन

कोरोना भाइरसका कारण सिर्जित अवस्थाले गर्दा ठप्पझैँ रहेको सिनेमा क्षेत्र विस्तारै चलायमान बन्दै छ । बिहीबारदेखि फिल्म हलहरू पुनः संचालनमा आएका छन् । कोरोना भाइरसको दोस्रो लहरले गरेको असर कम भएर अन्य क्षेत्र खुल्दासमेत फिल्म हल भने खुल्न सकेका थिएनन् । हल पुनः संचालन भएसँगै फिल्मकर्मी उत्साहित भएका छन् नै, साथमा बलिउड फिल्म ’उचाइ’को छायांकनले पनि । 

अनुपम खेर, बोमन इरानी र परिणिती चोपडासहितको १८० जनाको टिमले नेपालको हिमाली सुन्दरतालाई आफ्नो फिल्ममा कैद गरिरहेको छ । यद्यपि, फिल्मका मुख्य अभिनेतामध्येका एक अमिताभ बच्चन भने नेपाल नआउने भएका छन् । उनको स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सकले नेपाल आउने अनुमति नदिएपछि उनी नेपाल नआउने भएका हुन् । 

कोरोना भाइरसका कारण गम्भीर बिरामी भएका अमिताभलाई हिमालमा चिसो बढी हुने भएकाले चिकित्सकले फिल्म सुटिङमा नजान सुझाव दिएका हुन् । फिल्ममा अमिताभको डुब्लिकेट राजा चौधरीले काम गरिरहेका छन् । उनको ’क्लोज सट’ भने मुम्बईमै प्रविधिको प्रयोग गरेर खिच्ने निर्माण पक्षकोे तयारी छ । 

अमिताभ नआउने भएसँगै उनीसँगै सिन रहेका डेनी डेन्जोङ्पा पनि नआउने भएका छन् । बलिउडको प्रसिद्ध व्यानर राजश्री प्रोडक्सनको निर्माण तथा सुरज बडजात्याको निर्देशनमा तयार हुने फिल्ममा मित्रताको कथा देखाइनेछ । अमिताभले सुरजसँग पहिलो पटक काम गर्दै छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि