साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा करेक्सन भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार मंगलबार बजार ४१.८४ अंकले बढेको हो । १.६३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २ हजार ६१२.६५ अंकमा उक्लिएको छ । शेयर बजारमा मंगलबार करेक्सन देखिए पनि कारोबार रकम भने निराशाजनक रह्यो ।
मंगलबार २२३ वटा कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँ बराबरको मात्र कारोबार भएको हो । नेप्सेका अनुसार मंगलबार शिखर इन्स्योरेन्सको संस्थापक शेयरको उच्च कारोबार भएको छ । शिखरको १३ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको संस्थापक शेयर किनबेच भएको हो ।
सबैभन्दा धेरै फाइनान्स समूह ४.१६ प्रतिशत अर्थात् ८६.९८ अंकले बढेको छ । मंगलबार बजार बढेको दिनमा ट्रेडिङ समूह मात्र ओरालो लागेको छ । ट्रेडिङ समूह ५६.०५ अंकले घटेको हो । बाँकी सबै समूहमा हरियाली छाएको छ ।
बजारमा करेक्सन आएको दिन मंगलबार विभिन्न ७ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । मल्टिप्रप्रोज फाइनान्स, समता घरेलु लघुवित्त र हिमालय पावरको शेयर मूल्य १०/१० प्रतिशतले बढेको हो ।
त्यसैगरी मैलुङ खोला जलविद्युत् ९.९७, सिभिल लघुवित्त ९.०४, छ्याङ्दी हाइड्रोपावर ९.८९ र जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य ९.८४ प्रतिशतले बढेको हो ।
त्यसैगरी एनआईसी एसिया लघुवित्त १० प्रतिशत, रिलायन्स लाइफ ३.३२ प्रतिशत र माउन्टेन इनर्जीको शेयर मूल्य ३.३० प्रतिशतले घटेको हो ।