Khabarpato logo

         

राजनीति

एमालेमा ब्युँतियाे ‘एक व्यक्ति, एक पद’को एजेन्डा

न्युज कारखाना

न्युज कारखाना

एमालेमा ब्युँतियाे ‘एक व्यक्ति, एक पद’को एजेन्डा

नेकपा एमालेको जारी विधान महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधिले पार्टीमा 'एक व्यक्ति, एक पद'को अवधारणा लागू गर्नुपर्ने सुझाव दिएका छन् ।

पार्टी नेतृत्वबाट पेस भएका राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रस्तावमा यस विषयमा स्पष्ट व्यवस्था नभएको भन्दै सहभागीले एक व्यक्ति, एक पदको अवधारणामा जोड दिएका हुन् । 

विगतमा माधव नेपाल खेमाले जोडदार रूपमा उठाउँदै आएको यो विषयलाई महाधिवेशन हलले समेत उठाएको छ । १० वटा समूहमा भएको छलफलका अधिकांश समूहबाट एक व्यक्ति, एक पदको विषय उठाइएको जनवर्गीय संगठनको तर्फबाट टोली नेता बनेकी अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।

उनका अनुसार राजकीय जिम्मेवारीबाहेकका पदमा एक व्यक्ति, एक पद कायम गर्न सके कार्यकर्ता र नेता पंक्तिमा देखिने नैराश्य समाप्त हुने सुझाव दिइएको छ ।

शनिबार ५ र आज (आइतबार) ५ वटा समूहले समूहगत छलफलपछि रिपोर्टिङ पेस गरिसकेका छन् । अब समूहले उठाएका प्रश्नमा अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जबाफ दिएपछि महाधिवेशन घोषणापत्र जारी गर्दै सम्मेलन सकिनेछ । 

समूहगत छलफलमा प्रतिनिधिहरूले संसद विघटनको विषयमा प्रश्न उठाए पनि समूहगत छलफलको निष्कर्ष सुनाउने बेलामा सबै टोली नेता यस विषयमा मौन बसेका छन् । पोलिटव्युरो हटाउने, उपमहासचिवको पद नराख्नेजस्ता प्रस्तावित विधानको व्यवस्थामा समेत सहभागीहरूले असन्तुष्टि जनाएका छन् । 

वरिष्ठ नेता नराख्ने प्रस्तावमा खास वास्ता नगरेका प्रतिनिधिले उपाध्यक्षको संख्या घटाउन नहुने, ३ जना उपमहासचिव राख्नुपर्ने, सचिवको संख्या घटाउन सकिने, ७० वर्षे उमेर हदको व्यवस्थालाई थप व्याख्या गर्नुपर्ने, पार्टीको नीति र सिद्धान्तमा प्रष्ट व्याख्या गर्नुपर्नेजस्ता विषय उठाएका छन् । 

तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट समाहित भएर आएका टोली नेताहरूले भने एमालेलाई तत्कालीन नेकपाको निरन्तरताको रूपमा व्याख्या गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । 

केन्द्रीय सदस्य प्रभु शाहको एउटा टोली यही विषयमा विमति राख्दै महाधिवेशनमा सहभागी नभइरहेका बेला महाधिवेशन हलले समेत यस विषयलाई चासोका साथ हेरेको सहभागीहरूले बताएका छन् । समूहगत छलफल सकिएलगत्तै अध्यक्ष ओली महाधिवेशनस्थल पुगेका छन् । यतिबेला खाना खाने र नाचगानको क्रम चलिरहेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…