Khabarpato logo

कला/साहित्य

दशैँ-तिहारमा ४ चलचित्र रिलिजको तयारी, बाँकीको छैन टुंगो

न्युज कारखाना

न्युज कारखाना

दशैँ-तिहारमा ४ चलचित्र रिलिजको तयारी, बाँकीको छैन टुंगो

सरकारले हल खोल्ने अनुमति दिएपछि नेपाली चलचित्र निर्मातामा केही आशाको संचार भए पनि चलचित्र प्रदर्शन गर्न हतारो भने गरेको देखिँदैन । पहिलो लकडाउनपछि प्रदर्शन भएका चलचित्रको व्यापारदेखि त्रसित निर्माताहरू यसपालि भने अलिक संयमित देखिएका छन् । यद्यपि, बलिउडले लगालग चलचित्र प्रदर्शनको मिति सार्वजनिक गर्दा भने नेपाली निर्माताहरू आफ्नो चलचित्र कहिले प्रदर्शन गर्ने भनेर चिन्तित हुन पुगेका छन् । 

भारतको महाराष्ट्रमा २२ अक्टोबरबाट सिनेमा हल खुल्ने भएपछि धमाधम चलचित्र प्रदर्शन मिति तोक्न लागिएको छ । तर, नेपालमा भने अन्योलको अवस्था छ । केही चलचित्रले भने प्रदर्शन मिति सार्वजनिक गरेका छन् । ती हुन्- धन्दागिरी, डाँडाको वरपीपल, चोर र पुलिस, धुम- ४, लप्पन छप्पन- २ र ए मेरो हजुर- ४ ।

केही वर्षअघि नै निर्माण सम्पन्न भएको एनवी अन्जान निर्देशित ‘धन्दागिरी’ दशैँको अवसरमा २५ असोजमा प्रदर्शन गरिँदै छ भने सोही अवसरमा सोभित बस्नेत निर्देशित ‘डाँडाको वरपीपल’ २६ असोज हलमा प्रदर्शन गरिने भएको छ । 

त्यसैगरी यसपालिको तिहारमा भने दुइटा नेपाली चलचित्र दर्शकमाझ आउने तयारीमा छन् । चलचित्र हुन्- ‘चोर र पुलिस’ र ‘धुम- ४ ।’ आरएल मोक्तानको निर्देशनमा बनेको ‘चोर र पुलिस’ १७ कात्तिकमा रिलिज हुँदै छ । जयकिशन बस्नेत निर्देशित ‘धुम- ४’ १८ कात्तिकमा दर्शकमाझ ल्याइँदै छ । 

मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन- २’ भने शिवरात्रिको अवसरमा १३ फागुनमा प्रदर्शन गरिनेछ । झरना थापाको चलचित्र ‘ए मेरो हजुर- ४’ नयाँ वर्ष २०७९ को अवसर पारेर २५ चैतमा प्रदर्शन गरिनेछ । 

तिहारपछि तत्कालै नेपाली दर्शकले कुन नेपाली चलचित्र हेर्न पाउनेछन्, त्यो भने अहिलेसम्म टुंगो लागेको छैन । धमाधम हिन्दी सिनेमाको प्रदर्शन मिति तोकिनाले नेपाली निर्माताहरू आफ्नो चलचित्र प्रदर्शन गर्न डराइरहेका छन् । ठूलो ब्यानर तथा स्टार कलाकारका चलचित्रका निर्माता पनि हिन्दी तथा हिन्दी चलचित्रसँग जुध्ने डरले तनावमा रहेका पाइन्छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि