Khabarpato logo

         

राजनीति

माधव नेपालले केपी ओलीलाई लगाएका आरोप यस्ता छन्

न्युज कारखाना

न्युज कारखाना

माधव नेपालले केपी ओलीलाई लगाएका आरोप यस्ता छन्

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाएका छन् ।

उनले आज केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ओलीलाई दक्षिणपन्थी चिन्तन भएका, सत्ता लिप्सा भएक र लोकतन्त्रविरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र गफाडी, अहंकारी, दम्भी स्वभावले गर्दा कसैसँग मिल्न नसक्ने बताएका छन् । उनले यिनै दम्भका कारण दुई तिहाइको सरकारका प्रधानमन्त्री ओलीले मुलुकको राजनीतिक स्थिरता नै खल्बल्याएको आरोप पनि लगाएका छन् ।

यस्तै नेपालले केपी ओलीका कारणले नेकपाको एकता भाँडिएको र उनकै कारण नेकपा (एमाले)को एकता पनि तोडिएको बताएका छन् ।

नेकपा एकता भाँडिएको र एमाले एकता तोडिएको कारण संसदमा ओलीले बहुमत गुमाएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘संसद्मा बहुमत गुमाइसकेपछि पनि सरकारमा रहिरहने उनको सत्तालिप्सा र आफ्नो सरकार ढल्ने भएपछि असंवैधानिक ढंगले भए पनि प्रतिनिधिसभा विघटन गर्ने अलोकतान्त्रिक एवं प्रतिगामी कार्यले गर्दा मुलुक एक प्रकारको मुठभेडमा गयो’, प्रतिवेदनमा भनिएको छ, ‘लोकतन्त्र र संविधानको रक्षार्थ सडक संघर्ष र कानुनी लडाइँ गरेर प्रतिनिधिसभालाई बचाउने काम त भयो तर अझै पनि राजनीतिक स्थिरता कायम हुन सकेको छैन । एक प्रकारको अनिश्चितता र अन्योल कायमै छ ।’

मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार विद्यमान रहेको उल्लेख गरेका छन् । उनका अनुसार एउटा अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृत्ति बोकेको दक्षिणपन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शंक्तिसँग दक्षिणपन्थी गठबन्धन गर्ने सोच भएको धार छ, जसको मुख्य प्रतिनिधित्व केपी ओली गुटले गरिरहेको छ भने अर्को वाम लोकतान्त्रिक समीकरण, जसको प्रतिनिधित्व नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चाले गरिरहेका उल्लेख गरिएको छ ।

यस्ता छन् ओलीलाई लगाइएका आरोप

  • दक्षिणपन्थी चिन्तन भएका
  • सत्ता लिप्सा र लोकतन्त्रविरोधी
  • स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र गफाडी
  • अहंकारी र दम्भी स्वभाव
  • निरंकुश, स्वेच्छाचारी र व्यक्तिवादी
  • अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृत्ति बोकेको दक्षिणपन्थी
  • विदेशपरस्त तथा राजतन्त्रपरस्त शंक्तिसँग दक्षिणपन्थी गठबन्धन
  • गुटबन्दी गर्ने, स्वेच्छाचारी एवं व्यक्तिवादी ढंगले चल्ने र पार्टीलाई दक्षिणपन्थी अवसरवादको दिशामा धकेल्ने ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…