Khabarpato logo

         

राजनीति

विश्वप्रकाश शर्माले सार्वजनिक गरे २४ बुँदे अवधारणापत्र

न्युज कारखाना

न्युज कारखाना

विश्वप्रकाश शर्माले सार्वजनिक गरे २४ बुँदे अवधारणापत्र

नेपाली कांग्रेसका प्रवक्ता एवं महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणापत्र सार्वजनिक गरेका छन् ।

संविधान दिवसको अवसर पारेर शर्माले गृहजिल्ला झापाको बिर्तामोडबाट 'हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन' भन्ने अपिल गर्दै अवधारणापत्र सार्वजनिक गरेका हुन् ।

अवधारणापत्रमा शर्माले पार्टीको १४औँ महाधिवेशनमा राजनीतिक परिवर्तनको अनिवार्यतामा जोड दिएका छन् । १४औँ महाधिवेशनको क्रममा एकातर्फ विगतको आत्मसमीक्षा गर्नुपर्ने र अर्कातर्फ भविष्यको आत्मचिन्तन गर्नुपर्ने उल्लेख गरेका छन् । 

शर्माले स्थापनाकालमा बीपी कोइरालालगायत अग्रजले देश सामु राखेको संकल्प र सपनाले हासिल गरेको उपलब्धिप्रति एकातर्फ गौरव त अर्कातर्फ कार्यसम्पादनमा रहेका कमजोरीको इमान्दार पहिचान गर्दै बदलिएको नेपाल र बदलिएको समयलाई सम्बोधन गर्ने नवीन संकल्प र सपनाको रेखांकन अबको कांग्रेसले गर्नुपर्ने औँल्याएका छन् ।

इतिहासको कालखण्डमा बीपीले देशका लागि देखेको सपनालाई एक्काइसौँ शताब्दीको नेपाली युवाको आजको सपनासँग एकाकार गरेर 'समय सापेक्ष सपना'का साथ कांग्रेस अघि बढ्नुपर्ने उनको अवधारणा छ ।

'यो यात्राले कांग्रेसको रूपान्तरण, सामाजिक परिवर्तन र भौतिक प्रगतितर्फको आकांक्षालाई सम्बोधन गर्न सक्नु छ । १४औँ महाधिवेशन क्रममा यी समग्र विषयमा हामीले चिन्तन गर्नु छ', अवधारणापत्रमा भनिएको छ ।

कांग्रेस युवा नेता शर्माले गत २४ भदौमा बीपी स्मृति दिवसको अवसर पारेर सुन्दरीजलबाट १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…