Khabarpato logo

समाचार

ओलीले भने : आज श्रीमतीको मुख हेर्ने दिन हो ? बाउको मुख हेर्ने दिन हो ?

न्युज कारखाना

न्युज कारखाना

ओलीले भने : आज श्रीमतीको मुख हेर्ने दिन हो ? बाउको मुख हेर्ने दिन हो ?

फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेता र नेताका परिवारका सदस्यलाई पदक बाँडिएकामा आक्रोश पोखेका छन् । सरकारले सातौँ संविधान दिवसका अवसरमा सत्ता गठबन्धनका नेताहरू पुष्पकमल दाहाल 'प्रचण्ड'की श्रीमती सीता दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका पिता मंगलकुमार उपाध्याय र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पदक दिने निर्णय गरेपछि ओलीले आक्रोश पोखेका हुन् ।  

'आजको गठबन्धनले के गर्दै छ, ७० दिनमा पूर्णता पाउन सकेको छैन । कति हाइसञ्चो छ हेर्नुहोस् त ! संविधान दिवस जनताले मनाउन पाउनुपर्ने, शहीदका परिवारले खुसियाली मनाउन पाउने, मनाउने अवसर छैन । जनतालाई होइन, बालाई सम्मान ? श्रीमतीलाई सम्मान ? अघिल्लो पटक सुपत्रीलाई सम्मान, अर्को सुपुत्रलाई महान् सम्मान ? कस्ता भोका, झूटाहहरू सत्तामा पुगेका रहेछन्, कस्तो अचम्म !', ओलीले भने ।

उनले प्रचण्डकी श्रीमती र माधवका पिताले पदक पाएको तर्फ संकेत गर्दै सोधे, 'शहीदका आमाबुबा, छोराछोरीले नपाउने ? आज श्रीमतीको मुख हेर्ने दिन हो ? बाउको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ?'

बाहिर जनताका लागि राजनीति गरेको भन्ने र मौका पाएका परिवारका सदस्यलाई बोक्ने भन्दै ओलीले पदक पनि लजाएको टिप्पणी गरे ।

'कस्तो भोक, आकांक्षा, तृप्ति हो ? बाहिर म जनताका लागि हो भनेर बोल्ने, परिवारका लागि होइन भन्ने । मौका पाउँदा हेर्नुहोस् त ! ती विभूषण, मानपदवी लजाइरहेका छन्, हेर्नुहोस् त शरम मान्या' छन् । बोल्न सक्ने भए उफ्रिन्थे तिनी । तर, बोल्न सक्दैनन् । लज्जाजनक छ', उनले भने ।

आफ्नो सरकारविरुद्ध लेख्ने पत्रकारलाई पदक बाँडेको भन्दै ओलीले आक्रोश पोखे । 'अघिल्लो लोकप्रिय सरकार, सुशासन पक्षको सरकारका एक पनि सकारात्मक समाचार नदिने संचार माध्यम र तिनका पत्रकारलाई छानीछानी पदक दिएको छ । खोजी पत्रकारिता गर्ने, लोकतन्त्रको पक्षमा लागेकालाई दिए हुन्थ्यो', उनले भने ।

झगडिया, मुद्दा हाल्ने, तथानाम बोल्ने, जे पायो त्यही बोल्नेलाई पदबाट सम्मानित गरेको भन्दै ओलीको आक्रोश थियो । '२-४ जना छुटेजस्तो लाग्यो । तिनलाई किन छाडेको होला ?', ओलीले प्रश्न गरे, 'मुद्दा जिताइदिने, हराइदिने, कता तराजु फर्काइदिने, आँखामा पट्टी बाँधेको हुन्छ । न्यायमूर्तिहरूले तराजु कता फर्काउने ? सबैका लागि यो लज्जाजनक विषय हो । इतिहासले निर्मम मूल्यांकन गर्नेछ ।'  

आफ्नैलाई बाँड्ने पदक राष्ट्रपतिबाट नभई सिधै घर लगेर बाँड्न उनको सुझाव थियो । 'किन राष्ट्रपतिबाट बाँडिरहनुपर्‍यो ? आफैँआफैँ घर लगेर जाऊ न । आफैँ बाँडौँ न', उनले भने ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि