Khabarpato logo

         

राजनीति

ओली सरकारलाई विस्थापित गर्ने न्यायाधीशहरूलाई देउवा सरकारले पुरस्कृत गर्‍यो: नेम्बाङ

न्युज कारखाना

न्युज कारखाना

ओली सरकारलाई विस्थापित गर्ने न्यायाधीशहरूलाई देउवा सरकारले पुरस्कृत गर्‍यो: नेम्बाङ

फाइल फोटो

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ओली सरकारलाई विस्थापित गर्ने फैसला गरेका न्यायाधीशहरूलाई देउवा सरकारले पुरस्कृत गरेको बताएका छन् । 

एमालेद्वारा आइतबार आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै उनले भने, ‘ओली सरकारलाई स्थापित गर्ने फैसला गरेका अदालतका सम्बन्धित न्यायाधीशहरू, सरकारकाविरुद्ध मुद्दा दर्ता गर्ने प्रयास गर्नेहरू पक्षहहरूले महत्त्वपूर्ण मेडल पाउनुभयो ।’ 

राष्ट्रपतिबाट बाँडिएको पदकले देश कतातिर अघि बढिरहेको छ भन्ने संकेत मिल्ने भन्दै उनले संविधान कार्यान्वयनको चरणमा रहेकाले सबैलाई विश्वस्त तुल्याउँदै थप प्रतिबद्धता गर्नुपर्नेमा पुरस्कारको घोषणा गरेको टिप्पणी गरे । 

दिल्लीमा बसेर एमाले फुटाउन भूमिका खेल्नेले समेत पदक पाएको भन्दै नेम्वाङले भने, ‘एक जना साथी दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेल्नेले मेडल पाए । यहीँ सक्रिय २ जनाका परिवारले मेडल पाउनुभयो । कसैले मरणोपरान्त पाउनुभयो । ओली सरकारविरुद्ध मुद्दा लगाउने मेडल पाएछन् । मुद्दा लगाउन भूमिका खेल्ने कानुन व्यवसायीले पनि मेडल पाउनुभएछ । अरू हिसाबले भूमिका खेल्नेले मेडल पाउनुभएछ । मुद्दामा फैसला गर्ने न्यायाधीले पनि मेडल पाउनुभएछ ।’

पारि चितुवा करायो वारि सिंगारी हारयो भनेजस्तै संविधान दिवसकै पदकको घोषणा गरिनु उचित नभएको बताएका उनले भने, ‘न्यायाधीशहरूलाई आग्रह गर्छु, यस्तो सन्देश जान दिनुहुँदैन । यहाँहरूले तुरुन्तै यो दिएको मेडललाई हामी अस्वीकार गर्छौं भन्नुस् । अस्वीकार गरिदिएको घोषणा गरिदिनुहोस् ।’

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…