Khabarpato logo

         

राजनीति

कांग्रेस क्रियाशील विवाद: १३ जिल्लामा अझै अधिवेशन अनिश्चित

न्युज कारखाना

न्युज कारखाना

कांग्रेस क्रियाशील विवाद: १३ जिल्लामा अझै अधिवेशन अनिश्चित

नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको किचलो नटुंगिएपछि निर्वाचन कार्यतालिका पुनः प्रभावित हुने भएको छ । पछिल्लो पटक ५ असोजका लागि तोकिएको वडा अधिवेशन आउन २ दिन मात्र बाँकी रहँदा १३ वटा जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंगो नलागेपछि निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो ।

वडा अधिवेशन हुन नसकेका जिल्लामा पालिका अधिवेशनको मिति पनि प्रभावित हुने देखिएको छ । निर्वाचन समितिले ५ असोजमा बाँकी १३ वटा जिल्लाको वडा अधिवेशन गर्न नसकिने स्पष्ट पारेको छ ।

निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले २ दिनपछि हुने वडा अधिवेशनका लागि हालसम्म क्रियाशील सदस्यता सूची प्रकाशन नभएको हुँदा उक्त दिन बाँकी जिल्लामा वडा अधिवेशन गर्न नसकिने बताए ।

‘शनिबार प्राप्त हुने भनेको १३ जिल्लाको क्रियाशील सदस्यताको सूची अहिलेसम्म प्राप्त भएको छैन । नामावली प्राप्त भएको कम्तीमा ५ दिन निर्वाचन समितिलाई आवश्यक पर्छ’, यादवले भने, ‘आज सबै क्रियाशील सदस्यताको सूची प्राप्त भए पनि ५ गते वडा अधिवेशन गर्न असंभव छ ।’ वडा अधिवेशन गर्नका लागि निर्वाचन अधिकृत खटाउन र प्रशिक्षण गर्न समय अपुग हुने यादवले बताए ।

१३ वटा जिल्लाको क्रियाशील सदस्यताको टुंगो नलागेपछि ५ गते ७ जिल्लामा मात्र वडा अधिवेशन हुने भएको छ । ३० भदौमा क्रियाशील सदस्यताको सूची प्रकाशित भएका काठमाडौं, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बर्दिया, कपिलवस्तु र बाजुरामा वडा अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

प्रदेश २ का ८ जिल्लासहित कैलाली, सुर्खेत, डोल्पा, रसुवा र बाँकेको क्रियाशील सदस्यता टुंगिन बाँकी छ । पालिका अधिवेशन ९ असोजमा हुने गरी मिति तय गरिएको छ । यसअघि नै वडा अधिवेशन सकिएका ५७ वटा जिल्ला तथा ५ गते वडा अधिवेशन हुने ७ वटा जिल्लामा ९ गते पालिका अधिवेशन गर्ने कि नगर्ने भन्नेमा निर्वचन समितिले कुनै निर्णय गरिसकेको छैन ।  

सातौँ पटक संशोधन गरिएको कार्यातालिकाअनुसार प्रदेश क्षेत्रीय अधिवेशन १२ असोजका लागि तोकिएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन १५ असोज र त्यसभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन १८ असोजमा हुने गरी सारिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…