Khabarpato logo

         

अर्थ/वाणिज्य

प्रधानमन्त्रीको तलबदेखि कैदीको सिदासम्म रोकिने, राष्ट्रपति/सभामुखको नरोकिने

न्युज कारखाना

न्युज कारखाना

प्रधानमन्त्रीको तलबदेखि कैदीको सिदासम्म रोकिने, राष्ट्रपति/सभामुखको नरोकिने

मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बुधबार रातिदेखि निष्क्रिय हुने भएपछि 'बजेट होलिडे'तर्फ देश अघि बढेको हो ।

प्रतिस्थापन विधेयकमाथि छलफल गर्न संसद् बैठक ४ असोजमा बोलाइएको छ । छलफलपछि प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पनि पारित हुनुपर्छ । अनि मात्र देशमा बजेट लागू हुनेछ । यस हिसाबले कम्तीमा एक साता देश बजेटविहीन हुँदै छ ।  

बजेटविहीन भएपछि सरकारको नियमित खर्च रोकिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले ५/७ दिन खर्च रोकिन सक्ने बताइसकेका छन् ।

पूर्वअर्थसचिव शान्तराज सुवेदी बजेट टुंगो नलाग्दा सबै सरकारी कार्यालयको खर्च बन्द गर्नुपर्ने अवस्था आउने बताउँछन् । उनका अनुसार देशको कार्यकारी प्रमुखको तलबदेखि जेलको कैदीबन्दीसम्मकाे खर्च रोकिनेछ ।

संघीय सरकारको खर्च रोकिँदा प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको तलब भत्ता, कर्मचारीको तलब भत्ता तथा कैदीबन्दीहरूको सिदासम्म रोकिन्छ । संघीय सरकारले नागरिकलाई प्रदान गर्ने सबै सुविधा रोकिन्छ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सबै निकायको खर्च हुने एकल कोष खाताबाट बजेट पास नहुन्जेल खर्च गर्न पाइँदैन ।

राष्ट्रपतिदेखि सभामुखको तलब नरोकिने

यद्यपि, संघीय संसद्, संवैधानिक निकायहरूको नियमित खर्च भने रोकिनेछैन । सञ्चित कोषमा व्ययभार भएको रकमबाट यो खर्च गरिन्छ । संविधानको धारा ११८ मा संघीय सञ्चित कोषमाथि व्ययभारसम्बन्धी व्यवस्था छ । यसका लागि संसदको स्वीकृति आवश्यक नपर्ने उल्लेख छ ।

त्यसमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश र न्यायपरिषद्का सदस्यलाई दिइने पारिश्रमिक तथा सुविधाको रकम नरोकिने उल्लेख छ । त्यसैगरी प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षलाई दिइने पारिश्रमिक तथा सुविधा पनि रोकिँदैन ।

त्यस्तै, संवैधानिक निकायका प्रमुख र पदाधिकारीलाई दिइने पारिश्रमिक तथा सुविधाको रकम र प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधाको रकम पनि नरोकिने उल्लेख छ ।

राष्ट्रपति वा उपराष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, न्यायपरिषद्, संवैधानिक निकाय र प्रदेश प्रमुखको कार्यालयको प्रशासनिक व्यय, नेपाल सरकारको दायित्वको ऋणसम्बन्धी व्ययभार, नेपाल सरकारको विरुद्ध अदालतबाट भएको फैसला वा आदेशअनुसार तिर्नुपर्ने रकम र संघीय कानुनबमोजिम संघीय सञ्चित कोषमाथि व्ययभार हुने रकम नरोकिने संविधानमा उल्लेख छ ।

सञ्चित कोषको व्ययभारबाट विदेशी ऋणको सावाँ र ब्याज, स्वदेशी ऋणको सावाँ र ब्याज पनि खर्च गर्न पाइन्छ । प्रदेश र स्थानीय तहको हकमा भने पाएको अनुदान रकमको आधारमा नागरिकहरूले पाउने आधारभूत सुविधा दिन खर्च गर्न पाउँछन् ।

आकस्मिक कोष

बजेटविहीन अवस्थामा संघीय सरकारको खर्च रोकिए पनि संविधानले आकस्मिक कोषको परिकल्पना गरेको छ । धारा १२४ मा संघीय आकस्मिक कोषको व्यवस्था छ । उपधारा (१)मा संघीय ऐनबमोजिम आकस्मिक कोषका नामले एउटा कोष स्थापना गर्न सकिने र त्यस्तो कोषमा समय समयमा संघीय ऐनबमोजिम निर्धारण भएको रकम जम्मा गर्न सकिने उल्लेख छ ।

सरकारले त्यस्तो कोषबाट आकस्मिक कार्यका लागि खर्च गर्न सक्ने उल्लेख छ । आकस्मिक खर्च गर्न रकम संघीय ऐनबमोजिम यथाशीघ्र शोधभर्ना गर्न मिल्ने प्रावधान छ ।

ताजा

सबै

एमालेले गुमायो ३ वटा प्रदेशमा मुख्यमन्त्री

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमा…

नेकपा (एस)ले पायो चुनाव चिह्न कलम

नेकपा (एकीकृत समाजवादी)ले चुनाव चिह्नकलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत…

इजलासमा उपस्थित हुन नसकेकामा बारले माग्यो क्षमा

नेपाल बार एसोसिएसनले मुद्दाको सुनुवाइ गर्न इजलासमा उपस्थित हुन नसकेकामा क्षमा मागेक…

असन्तुष्ट न्यायाधीशहरू चौथो दिन पनि बैठक बस्ने

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै अघोषित इजलास बहिष्कार …

लोकप्रिय

सबै

प्रधानन्यायाधीशले बोलाए फुल कोर्ट, मंगलबारदेखि गोलप्रथाको नमुना प्रयोग

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बार एसोसिएसनले उठाउँदै आएका माग पूरा गर्…

...त्यसपछि भयो इजलास र बैठक बहिष्कारको निर्णय

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सडकमा प्रश्न उठ्न…

प्रधानन्यायाधीशका कारण सर्वोच्चको मुद्दा सुनुवाइ प्रभावित, रणनीति बनाउन छलफलमा जुटे ५ न्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै…

यसरी बिताउनेछन् झापामा ओलीले ३ दिन

पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले गृहनगर झापासहित ३दिन प्रदेश १ मा रहन…

यो पनि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकलेबुधबारकालागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्…

एनआईसी एसिया लघुवित्तको नाफा १६ करोड २६ लाख ७५ हजार

एनआईसी एसिया लघुवित्तको नाफा १६ करोड २६ लाख ७५ हजार

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालूआर्थिक वर्षको पहिलो त्रैमाससम्मको अ…

७८ अंकले उकालो लाग्यो नेप्से

७८ अंकले उकालो लाग्यो नेप्से

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)७८.८२ अंकले बढेर २ हजार ७५१.७ विन्दुमा पुगेको छ…

प्रि-ओपन सेसनमा ६.६१ अंकले बढ्यो नेप्से

प्रि-ओपन सेसनमा ६.६१ अंकले बढ्यो नेप्से

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक बढेको छ । यस सेसनमा …