Khabarpato logo

धितोपत्र बोर्डको प्रशासनिक कामको नेतृत्व गर्ने जिम्मेवारी निरज गिरीलाई

नेपाल धितोपत्र बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्व गर्ने जिम्मेवारी निरज गिरीले पाए…

नेसनल माइक्रो फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामी बिक्री खुला

नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्री खुला गरेको छ । सं…

प्रुडेन्सियल इन्स्युरेन्सको शेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्युरेन्सको संस्थापक शेयर …

राजनीति

२ वटा प्रदेश इन्चार्ज फेर्न ओली अनिच्छुक

न्युज कारखाना

न्युज कारखाना

२ वटा प्रदेश इन्चार्ज फेर्न ओली अनिच्छुक

१० बुँदे सहमतिअनुसार पार्टीका सबै संरचनालाई २ जेठ २०७५ अघिको अवस्थामा लैजान तयार भएका एमाले अध्यक्ष केपी ओली सुदूरपश्चिम र बाग्मती प्रदेशका इन्चार्ज फेर्न अनच्छिुक देखिएका छन् । 

पार्टीभित्र अन्तरविरोध बढेपछि ओलीले २ जेठअघिका संयोजक भीम रावललाई हटाएर माओवादी केन्द्रबाट आएका लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिएका थिए ।

त्यसैगरी बाग्मती प्रदेशकी संयोजक अष्टलक्ष्मी शाक्यलाई हटाएर माओवादी केन्द्रबाट आएका रामबहादुर थापा 'बादल'लाई इन्चार्ज बनाएका थिए । बाँकी ५ वटा प्रदेशमा २ जेठअघिको संरचनाअनुसार पार्टीको संगठन सक्रिय भए पनि सुदूरपश्चिम र बाग्मतीमा भने पुरानै अवस्थामा नेतृत्व फर्काउन नसकिने ओलीले अडान लिएका छन् । 

२ जेठअघिको अवस्थामा फर्किएपछि आफू नै इन्चार्ज बन्नुपर्ने भन्दै रावलले असन्तुष्टि जनाएपछि ओलीले बोलाएर यी २ प्रदेशको नेतृत्वमा सहमत हुन रावललाई आग्रह गरेका छन् ।

एमालेका एक स्थायी कमिटी सदस्यका अनुसार पार्टी फुटेको बेलामा समेत माओवादीबाट सांसद पद माया मारेर आएका नेतालाई दिइएको जिम्मेवारी खोसेर अन्याय गर्न नहुने भन्दै ओलीले उपाध्यक्षको हैसियतमा संयोजनकारी भूमिका निर्वाह गर्न रावललाई आग्रह गरिरहेका छन् । 

२ जेठअघिको अवस्थामा फर्कने नाममा माओवादीबाट आएर एमालेमा जिम्मेवारी पाएका नेतालाई हटाउनु भनेको फर्केर जा भनेको सन्देश हुने भन्दै रावल र शाक्यलाई मनाउने काममा अध्यक्षदेखि पार्टीका अन्य शीर्षस्थ नेता जुटेका छन् । रावल र शाक्य अन्तिम समयमा एमालेमै फर्किएपछि उनीहरूले पुरानै भूमिका खोजिरहेका छन् । शाक्यलाई बाग्मतीको मुख्यमन्त्री बनाइएको र रावललाई अध्यक्षपछिको संयोजनकारी भूमिका दिने ओलीको अश्वासन छ । 

बाग्मतीको अध्यक्ष अरुण नेपाललाई 

पार्टी विभाजनको अन्तिम समयमा एमालेमा समाहित भएका १० जना स्थायी कमिटी सदस्यहरूको प्रतिनिधित्व गराउन बाग्मती प्रदेशका अध्यक्ष फेर्ने विषयमा भने ओली सहमत भइसकेका छन् । एमालेका ती स्थायी कमिटी सदस्यका अनुसार अध्यक्ष आनन्दप्रसाद पोखरेललाई हटाएर नेपाललाई अध्यक्षको जिम्मेवारी दिने विषयमा अन्तिम चरणको छलफल जारी छ । 

नेपाल पनि अन्तिम समयमा एमालेमा फर्किएका नेता हुन् । सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाको स्थानमा पनि १० जना स्थायी कमिटी सदस्यको सिफारिसका नेतालाई अध्यक्ष बनाउने प्रस्ताव आए पनि उपयुक्त पात्र नभएकाले सुदूरपश्चिमको पार्टी संरचना यथावत् राख्नुपर्नेमा ओली पक्षको जोड छ । 

एमाले कार्यालय सचिव शेरबहादुर तामाङ पार्टीलाई १० बुँदे सहमतिअनुसार पुरानै संरचनामा फर्काउने विषयमा विवाद नभए पनि सुदूरपश्चिम र बाग्मतीको विषयमा भने टुंगो लागिनसकेको बताउँछन् । 

‘नेताहरूले अपमान महसुस नगर्ने गरी विभिन्न विकल्पमा छलफल भएको छ, चाँडै निष्कर्षमा पुगिएला’, तामाङले भने । उनका अनुसार पार्टीको विधान अधिवेशनअघि नै २ वटा प्रदेशको नेतृत्वमा देखिएको विवाद समाधान हुनेछ ।

ताजा

सबै

माधव नेपाललाई होमसिक जस्तै एमालेसिक हुन्छ: योगेश भट्टराई

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरूएमा…

मन्त्रिपरिषद् चाँडै विस्तार हुन्छ: माधव नेपाल

सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एक साताभ…

प्रचण्ड र माधवले पार्टी फुटाएको ओलीको आरोप

नेकपा एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले २ पटक पार्ट…

ओलीले माधवलाई भने: 'आफ्नो इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्न मिल्छ ?’

नेकपा एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्र…

लोकप्रिय

सबै

कविताकृति 'निषेधाज्ञाका प्रतिबिम्बहरू' सार्वजनिक

राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ६ जना साहित्यकारहरूको संयुक्त कवितासंग्रह &#…

'हात्तीजत्रो एमालेलाई बोको मात्र बनाए': महेश बस्नेत

प्रमुख प्रतिपक्षी नेकपा एमालेकेन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पक…

नेसनल माइक्रो फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामी बिक्री खुला

नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्री खुला गरेको छ । सं…

बेलायती कम्पनीले मुगाबेलाई लाखौँ डलर घुस दिएको खुलासा

बेलायतका ठूला कम्पनीहरूले जिम्बाबेका तत्कालीन राष्ट्रपति रोवर्ट मुगाबेलाई लाखौँडलर घु…

यो पनि