Khabarpato logo

         

धितोपत्र बोर्डको प्रशासनिक कामको नेतृत्व गर्ने जिम्मेवारी निरज गिरीलाई

नेपाल धितोपत्र बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्व गर्ने जिम्मेवारी निरज गिरीले पाए…

नेसनल माइक्रो फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामी बिक्री खुला

नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्री खुला गरेको छ । सं…

प्रुडेन्सियल इन्स्युरेन्सको शेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्युरेन्सको संस्थापक शेयर …

अर्थ/वाणिज्य

बिहारसँग पारस्परिक मौसमी विद्युत् आदानप्रदानको प्रस्ताव

खबरदाता

खबरदाता

बिहारसँग पारस्परिक मौसमी विद्युत् आदानप्रदानको प्रस्ताव

नेपाल विद्युत् प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढी भएको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदानप्रदानको प्रस्ताव गरेको छ । 

प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट बर्खामा उत्पादित विद्युत् देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेडसँग पारस्परिक मौसमी विद्युत् आदानप्रदानको प्रस्ताव गरेको हो । नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदानप्रदान हुँदै आएको छ ।

बर्खाका ६ महिना नेपालबाट विद्युत् बिहार पठाउने र हिउँदका ६ महिना उताबाट ल्याउने गरी पारस्परिक विद्युत् आदानप्रदानको प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

‘बर्खाका महिनामा २४सै घण्टा २०० मेगावाट एवं राति ११ बजेदेखि बिहान ६ बजेसम्म थप विद्युत् दिन सकिने र हिउँदमा उताबाट ल्याउने प्रस्ताव गरिएको छ । बर्खामा यताबाट पठाएको र हिउँदमा उताबाट ल्याएको परिमाणबीच फरक परेमा उपयुक्त विधिमार्फत विद्युत्को मूल्य तय गरिने छ’, घिसिङले भने ।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन सकिएमा बर्खामा हाम्रोमा बढी भएको विद्युत् भारत पठाउन सकिने र अझै केहीवर्ष हामीलाई हिउँदमा अपुग विद्युत् भारतबाट ल्याउन सकिने उनको भनाइ छ । यदि पारस्पारिक विद्युत् आदानप्रदानको यो मोडेल कार्यान्वयनमा ल्याउन सकिएमा २ मुलुकबीच विद्युत् कारोबारको कोशेढुंगा हुने उनले दाबी गरे । ‘यसमा भारतीय पक्षको जबाफ सकारात्मक पाएका छौँ, केही दिनभित्रमा यस बारेमा ठोस निर्णय आउने विश्वास छ’, घिसिङले भने ।

घिसिङका अनुसार यस वर्षको बाँकी ३ महिनामा नेपालमा खपत गरेर बढी हुने करिब ७० करोड युनिट र अर्को वर्ष ३ अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिनेछ । हिउँदयाममा त्यति नै बराबरको विद्युत् आयात गर्न सकिन्छ । उनका अनुसार यसले गर्दा बर्खामा खेर जाने विद्युत्को उच्चतम् प्रयोग हुनेछ । 

अहिले बिहारसँग जोडिएका ३३ र १३२ केभीका प्रसारण लाइन पूर्वाधारबाट ३७१ मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिन्छ । प्राधिकरणले कटैया, रक्सौल, ढल्केबर-मुजफ्फरपुर, रामनगर विन्दुबाट २४सै घण्टा विद्युत् नर्थ बिहार पावर डिष्ट्रिब्युसन कम्पनी लिमिटेडलाई उपलब्ध गराउन सकिने जानकारी गराएको छ । साथै, राति ११ बजेदेखि बिहान ६ बजेसम्म थप विद्युत् उपलब्ध गराउन सकिनेछ । यसबाट संचालमा रहेका २ मुलुकबीच जोड्ने प्रसारण पूर्वाधारको समेत उपभोग हुनेछ । 

बर्खामा उत्पादित विद्युत् आन्तरिक रूपमा खपत गर्न नसकी खेर जाने अवस्था आई प्राधिकरणको वित्तीय अवस्थामा प्रतिकूल प्रभाव पर्ने देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् बिक्रीका विषयमा छलफल गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नेतृत्वमा टोलीलाई भारत पठाएकी थिइन् । बुधबार, बिहीबार र शुक्रबार भारतका ऊर्जा सम्बन्ध विभिन्न निकायमा छलफल गरेको टोलीमा विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारी र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर राजु महर्जन थिए । 

टोलीले बिहीबार बिहार स्टेट पावर होल्डिङका अध्यक्ष तथा प्रबन्ध-निर्देशक सञ्जीव हान्सलाई भारतको पटनामा भेटी विद्युत् आदानप्रदानका विषयमा छलफल एवं प्रस्ताव पेस गरेको थियो । साथै, विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) गरिएका आयोजनाको संख्या तथा अवस्था, जडित क्षमता, विद्युत् माग तथा आपूर्तिको अवस्था, २ मुलुकबीचको विद्युत् व्यापारका संभावना, भारतसँग जोडिएका प्रसारण पूर्वाधारको अवस्थालगायतका विषयमा भारतीय अधिकारीहरूसँग विस्तृत छलफल गरेको थियो । 

प्राधिकरणले अहिलेसम्म ३४६ वटा आयोजनाहरूसँग ६ हजार १७६ मेगावाटको पीपीए गरेको छ । यसमध्ये १११ वटा आयोजनाहरू निर्माण सम्पन्न भई संचालनमा  छन् । आयोजनाहरूको जडित क्षमता एक हजार ३०० मेगावाट छ । 

३ हजार ३४ मेगावाट जडित क्षमता भएका १३६ आयोजनाहरू वित्तीय व्यवस्थापन गरी निर्माणाधीन छन् ।  एक हजार ८४१ मेगावाट जडित क्षमताका ९९ आयोजनाहरू वित्तीय व्यवस्थापन गर्ने प्रक्रियामा रहेका छन् । 

भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट)मा नेपालको विद्युत् बिक्री गर्न सहमतिका लागि केन्द्रीय ऊर्जा मन्त्रालयका पदाधिकारीहरू, केन्द्रीय विद्युत् प्राधिकरणका पदाधिकारीहरू एवं नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटीपीसी विद्युत् व्यापार निगम र पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी)का पदाधिकारीहरूसँग विस्तृत छलफल गरिएको थियो । घिसिङले भने, ‘यसको  नतिजा केही दिनमा आउन सक्छ ।’

ताजा

सबै

माधव नेपाललाई होमसिक जस्तै एमालेसिक हुन्छ: योगेश भट्टराई

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरूएमा…

मन्त्रिपरिषद् चाँडै विस्तार हुन्छ: माधव नेपाल

सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एक साताभ…

प्रचण्ड र माधवले पार्टी फुटाएको ओलीको आरोप

नेकपा एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले २ पटक पार्ट…

ओलीले माधवलाई भने: 'आफ्नो इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्न मिल्छ ?’

नेकपा एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्र…

लोकप्रिय

सबै

कविताकृति 'निषेधाज्ञाका प्रतिबिम्बहरू' सार्वजनिक

राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ६ जना साहित्यकारहरूको संयुक्त कवितासंग्रह &#…

'हात्तीजत्रो एमालेलाई बोको मात्र बनाए': महेश बस्नेत

प्रमुख प्रतिपक्षी नेकपा एमालेकेन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पक…

नेसनल माइक्रो फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामी बिक्री खुला

नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्री खुला गरेको छ । सं…

बेलायती कम्पनीले मुगाबेलाई लाखौँ डलर घुस दिएको खुलासा

बेलायतका ठूला कम्पनीहरूले जिम्बाबेका तत्कालीन राष्ट्रपति रोवर्ट मुगाबेलाई लाखौँडलर घु…

यो पनि

देश 'सट डाउन'मा जाँदै, अर्थ मन्त्रालय भन्छ: त्यस्तो होइन

देश 'सट डाउन'मा जाँदै, अर्थ मन्त्रालय भन्छ: त्यस्तो होइन

देश आज बिहीबारदेखि बजेटविहीन भएको छ । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश संसदमा…

नेसनल माइक्रो फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामी बिक्री खुला

नेसनल माइक्रो फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामी बिक्री खुला

नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्री खुला गरेको छ । सं…

प्रुडेन्सियल इन्स्युरेन्सको शेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंक

प्रुडेन्सियल इन्स्युरेन्सको शेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्युरेन्सको संस्थापक शेयर …

प्रधानमन्त्रीको तलबदेखि कैदीको सिदासम्म रोकिने, राष्ट्रपति/सभामुखको नरोकिने

प्रधानमन्त्रीको तलबदेखि कैदीको सिदासम्म रोकिने, राष्ट्रपति/सभामुखको नरोकिने

मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विच…